नयाँ दिल्ली, आश्विन १९ - प्रधानसेनापति गौरवशमशेर जबराले 'आफैंमा तिव्वती मुद्दादेखि जियाङजिङको पृथकताबादी समस्यामा जुधिरहेको छिमेकी चीनले भारत वा नेपालका अन्य मामलामा हात हाल्न नसक्ने' टिप्पणी गरेका छन् ।
भारतको छ दिने भ्रमणमा आएका प्रधानसेनापति राणाले चण्डीगढमा स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चिनिया जनमुक्ति सेनाले भारत वा नेपालमा प्रवेश गर्न सक्ने सम्भावना नरहेको बताए । भारतको ६४० किलोमिटर भित्रको लद्धाख भूमी चिनिया सेनाले कब्जा गरेको भन्ने रिपोर्टका आधारमा राणाले चिनिया सेनाको यस्तो उपस्थिति असम्भव रहेको बताएकाछन् । 'हामी असंलग्न आन्दोलनका पक्षधर हौं, कुनै देशमा युद्धको स्थिति उब्जिएमा पनि हामी साथ दिन सक्दैनौं,' उनले भने । चिनियाँको पक्षबाट हुने कुनै पनि आक्रमणलाई प्रतिकार गर्न भारत सक्षम रहेको टिप्पणी उनले गरेका थिए ।
चण्डीगढमा जारी नेपाल-भारत संयुक्त सैन्य तालिम अवलोकन गरेर शुक्रबार अपरान्ह राणाले दिल्लीमा रक्षा मन्त्री एके एन्टोनीसाग भेटवार्ता गर्ने कार्यक्रम रहेको भएपनि बिमान समयमा नआएपछि यो कार्यक्रम रद्द भयो । आज भारतीय विदेश सचिव सुजाता सिंहसाग भेटवार्ता गरेर राणा स्वदेश फिर्नेछन् ।
प्रकाशित मिति: २०७० आश्विन १९ ११:४०
श्रोत;कास
No comments:
Post a Comment