Friday, October 4, 2013

कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवानले गर्‍यो पूर्व बन्द


  •  दिपक बिष्ट 
    असोज १८ दमक,मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पूर्वमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै बन्द आह्वान गरिएको अध्यक्ष कुमार लिङ्देनले जानकारी दिनुभयो ।

    लिङदेनले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न आग्रह गर्नुभएको छ । लिम्बुवानले संविधानसभा निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अवरुद्ध पार्न  पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको थियो । सोही बन्द सफल पार्न आह्वान गर्दै हिँडेका
     १८ जना कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

No comments:

Post a Comment