३३ दलीय राजनैतिक मोर्चाबाट कथित संविधान सभा निर्वाचनको वहिष्कार कार्यक्रम तीब्ररुपमा भईरहेको व्यहोरा अवगत नै छ । यसै अन्तर्गत आज मिति २०७० असोज १६ गतेका दिन पूर्वनिर्धारित कार्यक्रम अनुसार मुलुकका बिभिन्न जिल्लाहरुमा प्रत्यक्ष तथा समानुपातिक उमेरद्वारीका लागि आवेदन दर्ता गर्न जाने बिभिन्न पार्टीका उमेरद्वारहरुलाई बिरोध प्रदर्शनका शान्तिपूर्ण क्रियाकलापहरु प्रदर्शन गर्ने क्रममा यस पार्टीको संखुवासभा जिल्ला परिषद अध्यक्ष कुमार तामाङ्ग लफ्नोगायत १० जना पार्टी पदाधिकारी तथा सदस्यहरुलाई पक्राउ गरिएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक मुल्यमान्यता अनुरुप आफ्नो आस्था र विश्वास अनुरुप शान्तिपूर्ण बिरोध प्रदर्शन गर्न पाउने कानूनी अधिकार र स्वतन्त्रताको घोर उल्लंघन गर्दै संखुवासभा प्रशासनले हाम्रा कार्यकर्ताहरुलाई गिरफ्तार गरेकोमा घोर आपत्ति व्यक्त गर्दै खेद प्रकट गर्न चाहन्छु । साथै उक्त गिरफ्तार गरिएका पार्टी पदाधिकारी तथा कार्यकर्ताहरुलाई अविलम्ब विनासर्त रिहा गर्न आग्रह समेत गर्दछु । हाम्रो आग्रहलाई कमजोरी सम्झि पक्राउ परेका पार्टी पदाधिकारी तथा सदस्यहरुलाई रिहा नगरिएमा सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरी पार्टी अगाडि बढ्ने चेतावनी समेत दिन चाहन्छु ।
पक्राउ परेकाहरुको नामावली ः
१. कुमार तामाङ्ग, अध्यक्ष ः संखुवासभा जिल्ला परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी ।
२. विश्व उदास, सचिव ः ,,
३. खीलजङ्ग राई, सह–सचिव ः ,,
४. भुवन राई , सदस्य ः ,,
५. सागर राई, सदस्य ः ,,
६ दीलिप राई, सदस्य ः ,,
७. सञ्जु राई, सदस्य ः ,, लगायत दशजना ।
संघीय अभिवादन !
मिति ः २०७० असोज १६ गते
........................
छविसुब्बा सङबाङफे लिम्बू
.महासचिव
केन्द्रीय समिति
No comments:
Post a Comment