![]()
२० अगष्ट,दोहा- नेपाली महिला समाज कतारले यही २९ अगष्ट २०१४ शुक्रवारको दिन नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज कतारको राजधानी दोहा नजिकै होलिडे भिल्लामा बिहानको ११:३० बजे देखि मनाउने भएको छ।
उक्त हरितालिका तीज कार्यक्रमलाई भरपूर्ण मनोरन्जन दिन नेपालबाट लोक गायिका विनु तामाङ्गलाई ल्याईने नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले तहल्कालाई बताउनु भयो। प्रवासी नेपाली महिला समाज कतारले तेस्रो पटक आयोजना गर्न लागेको "रमाईलो तीज कार्यक्रम-२०७१" को संयोजक तथा समाजकी कोषध्यक्ष सुष्मिता भुसालले नेपालबाट आउनुहुने गायिका विनु तामाङ्ग लगायत स्थानिय महिला कलाकारहरु गायिका कविता तामाङ्ग र नृत्याङ्गनाहरु संगीता लामा, कमला लामा, पवित्रा लामा, सोनाम लामा, सल्मा लामा, विनिता खड्का, उर्मिला राई, प्रमिला बस्नेत, सावित्रा खतिवडा, दिपा बस्नेत, रमा आचार्य, लगायतले नृत्य प्रतिभा प्रस्तुत गर्नुहुने बताउनु भयो। टिकटबारे:- होलीडे भिल्लामा प्रवासी नेपाली महिला समाज कतारले आयोजना गर्न लागेको "रमाईलो तीज कार्यक्रम-२०१४" मा महिलालाई निशुल्क रहेको र पुरुषहरुलाई भने नेपाली महिला समाजलाई सहयोग स्वरुप क.री. ७० रियल रहेको कुरा समाजकी अध्यक्ष राईले जानकारी गराउनु भयो। कतारको कुनै पनि स्थानमा रहनु भएका नेपाली महिलाहरुलाई यस कार्यक्रमा भाग लिदिनहुन प्रावासी महिला समाज कतारले संयुक्तरुपमा आव्हान गरेको छ। |
Wednesday, August 20, 2014
नेपाली महिला समाज कतारले हरितालिका तीज मनाउदै
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment