काठ्माण्डौ,भाद्र ५- गत साउन २९ गते सिम्जुङ गाविस ६, सिरानडाँडाका ६२ वर्षिय लाक्पा तामाङको प्रहरीको गोली प्रहारबाट मृत्यू भएको घटनाको विरोधमा आदिवासी जनजाती महासंघ जिल्ला समन्यवन परिषदले गोरखा सदरमुकामको हरमटारीमा चक्का गरेको छ ।
गोरु काटेको विषयमा भनाभन हुँदा प्रहरी गोली हानेर घटनामा संलग्न नभएको ब्यक्तीलाई घाईते बनाएको भन्दै परिषदले विहान १० बजे देखि चक्काजाम गरेको जनाएको छ । गोरखा सदरमुकामको हरमटारीमा जम्मा भएका आदिवासीहरुले नारावाजी गर्दै विरोध प्रदशन गरिरहेका छन् ।
उनीहरुले गोली हान्ने प्रहरीलाई ज्यान मारेको उद्योगमा मुद्धा चलाउनुपर्ने, चौकी ईन्चार्जलाई विभागिय कारवाही गनुपर्ने, पिडित परिवारलाई १० लाख क्षतीपूर्ती दिनुपर्ने, मृतक लामाको शव काठमाण्डौँबाट हेलिकप्टरमा गाउँमै पु¥याउनुपर्ने लगायतका आठ बुँदे माग राखेका छन् । चक्का जाम भएसँगै जिल्ला सदरमुकाम भित्रने र सदमुकाम बाट बाहिरिने सवारी साधन चल्न सकेका छैन् ।
आदिवासी अधिकारकर्मी, मृतकको परिवार र गृहमन्त्री वीच बुधबार भएको छलफलमा मृतकको परिवारलाई १० लाख रुपैया उपलब्ध गराउने सहमति भएको छ । गृहले यस सम्वन्धमा अर्थलाई पत्र लेख्ने काम समेत भएको हो । मृतक लाक्पाको शवलाई केही दिनपछि सेनाको हेलिकोपटर मार्फत गोरखा पुर्याईदिने निर्णय समेत भएको स्रोतले जानकारी दिए पनि धर्मनिरपेक्षता सँग बाझिन आएका एनहरुलाई शंसोधन गर्ने भन्नेमा चै सबै मौन छन।

No comments:
Post a Comment