●म आन्दोलनमा मरेको खबर सुन्नुहुनेछ तर मन्त्रि या केहि पदमा बिकेको खबर सुन्नुहुने छैन।-लिङ्देंन
●तिहार पछि निर्णायक आन्दोलन हुने
बी बी लामा तामाङ
तेलअविव ,इजरायल - नेपाल आदिवासी जनजाति महांसघ,इजरायलको आयोजनमा २० औ विश्व आदिवासी दिवस मनाउन तेलअविव,इजरायलमा १५ अगस्ट २०१४ शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्न बिशिष्ट अथितिको रुपमा पुगेका नेपालका संघियवादी नेता तथा संघीय लिम्बुवान पार्टी,नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले चाडै पहिचानवादी दलहरु एक भएर तिहार पछाड़ी निर्णायक आन्दोलन शुरूहुने बताएका छन। उनले यस आन्दोलनको नेतृत्व पद्म रत्न तुलाधरले गर्ने पनि खुलासा गरे।कार्यक्रममा निक्कै उत्साहित र भावुक बनेका लिङ्देनले अबको आन्दोलन कुनै मन्त्री र १०/२० करोडमा बिक्न नहुने भन्दै आफु(लिङ्देन) आन्दोलनमा मरेको खबर सुन्नु हुनेछ तर लिम्बुवान आन्दोलन कुनै मन्त्री पदमा बिकेको नसुन्नुहुने जीकर गरे। लिङ्देनले ३५ लाख बिदेशिएका नेपाली नागरिकले समानुपातिकमा भोट हाल्नु पाउनु पर्ने भन्दै ईजराईलमा रहेका दीदी बहिनिले पठाएको रेमिण्टेड खान सक्ने सरकारले भोट लगाउन पाउने व्यवस्था गर्न नसक्नु नेपाली नागरिकलाई आप्रवासी बनाउन खोजिएको आरोप लगाए। पहिचान सहितको संघियताका साथ आ-आफ्नो धर्म,भाषा,लिपी,संस्कृतिको संरक्षण र हक अधिकार प्राप्तिको लागि निरन्तर लागि रहने भन्दै पहिचान सहितको संघियाताको लागी पूर्वमा'संघीय लिम्बुवान पार्टी' गठन भए जस्तै सबै क्षेत्रका पहिचानवादी शक्तिहरू एक हुन आग्रह गरे।यसरिनै कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम प्रल्हाद कुमार प्रसाईले २० औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै संसार भरी मनाउने विश्व आदिवासी दिवस इजरायलमा बिगत ३ बर्ष देखि नेपाल आदिवासी जनजाति महासंघले लगातार मनाउदै आईरहेकोमा आदिवासी जनजाति समुदायको हक अधिकार र सचेतनाबारे कार्यक्रम स्वागत योग्य रहेको बताएका थिए।नेपाल आदिवासी जनजाती महासंघ उपाध्यक्ष दिपा लिबाङ लिम्बुले स्वागत मन्तव्य र भूपेन्द्र गुरुङले कार्यक्रमको उदेश्यबारे बोलेका थिए।
नेपाल आदिवासी जनजाति महांसघ,इजरायलका उपाध्यक्ष भुपेन्द्र गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुन्दर सिंह लामा तामाङ , प्रमुख अतिथि नेपाली राजदुतावास,इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई , विशिष्ट अतिथ्यामा नेपालबाट आमन्त्रित संघीय लिम्बुवान पार्टी,नेपालका अध्यक्ष कुमार लिङदेन 'मिराक' ,बिशेष अतिथिहरुमा नेपाली राजदुतावास,इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल,संघीय समाज इजरायलका अध्यक्ष छिरिङ शेर्पा,एनआरएन,इजरायलका प्रतिनिधि महासचिव तिर्थ गौतम रहेका थिए।
कार्यक्रमका सभापति सुन्दर सिंह लामा तामाङ , प्रमुख अतिथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई , विशिष्ट अतिथि कुमार लिङदेन लिम्बु 'मिराक' र सबै अतिथीहरूले सयुक्त रुपमा दिप प्रज्जवलन तथा ज्ञातअज्ञात सहिद्हरू र प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएका मृतकहरु प्रति श्रदानञ्ली व्याक्त गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो।भने कार्यक्रम संचालन महासंघका महासचिब डोमा शेर्पा र नयन ईम्सोङ्ग लिम्बुले गरेका थिए।
No comments:
Post a Comment