Tuesday, August 13, 2013

कतारमा १९ औ आदिवासी जनजाती दिवस ईतिहासमै भव्यताका साथ समपन्न। पहिचानवादी युवाले दबाबका साथ भने पहिचानवादीलाई षडयन्त्र पुर्वक ढंगले बिभेद गरिएको छ आफ्नो कुरा नरोकी कन्टिनीउ गर्नुस।



तहल्का निउज, सम्बादाता,०९ अगष्ट दोहा// विश्व आदिवासी जनजाती समाजमा जल,जमीन,जङगल, आर्थीक,राजनितीक,शैक्षीक र सभ्यता माथी भई आएको थिचोमिचोको बिरुद्धमा बिश्व आदिवासी समुदायहरु एकजुट भएको एतिहाँसिक दिन ९ अगष्ट  हो।यहि एतिहासिक दिनको अवशरमा दोहाको हेरोजाईन होटलमा करिब १००० जनाको  सहभागीतामा नेपाल आदिवासी समुदायहरुले पनि एतिहाँसीक कार्यक्रम संपन्न गरेको छ।आदिवासी जनजातीहरु पहिचानको कुराले हो यात संस्कृतीक झाकीहरु पस्किने भएर हो दोहाको ईतिहाँसमै पहिलो पटक आदिवासी जनजाती महासंघ कतारको कार्यक्रममा यो जन सागर उर्लिएको थियो त्यो चासो कै बिषय बन्यो। तर अन्तर गहिराईमा जाने हो भने कतारको हैसियतलाई नियाल्दा हप्ता नै पिच्छे बिभिन्न चरणमा संस्कृतीक झाकीहरु हुने गर्छन त्यसैले पहिचानको मुद्धाले नै आदिवासीहरुको चेत खोलेको हो भन्दा अनयुक्ति नहोला। उक्त हजारौको आदिवासी जनजातीको सहभागीतामा भएको कार्यक्रममा बिभिन्न मातृ,सामाजीक र बैचारीक संघ संस्थाले भाग लिएका थिए।बैचारीक संस्थाहरुलाई ९ बजे देखी १ बजे सम्म अन्तरकृया कार्यक्रम राखेको थियो।बैचारीक संस्थाहरु मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कतारका दुतिय उपाध्यक्ष-यातु कुमार समबाहाङफे,एमाओवादीबाट प्रबक्ता-शनि ओली,संघीय समाजवादी कतारबाट अध्यक्ष- आशमान वाईबा,एमाले कतारबाट अध्यक्ष- दिल किरण खजुम,कांग्रेसबाट अध्यक्ष-बिमल सुबेदी,जन मोर्चाबाट सचिव-हेमन्त वाईबा, राप्राप्राबाट अध्यक्ष-हरि चन्द्र पौड्याल लगायत बिभिन्न राजनितीक संघ संस्थाका प्रतिनिधीहरुले समनव्य गर्नु भएको थियो।
 सबै राजनिती दललाई "नेपालमा आदिवासी जनजातीहरुले गरिरहेको आन्दोलन प्रती तपाईको पार्टीको लिखित धारणा" आदिवासी जनजाती महासंघ कतारले मागेको थियो।तर अधिकांश राजनितीकदलहरुले पत्र भन्दा पनि आफ्नो मनोमानी हिसाबले अवधारणा ल्याईएको पाईयो। कांग्रेस एमालेले आदिवासीले जातीय राज्य मागेकोले देश बिखण्डन तिर धकेलिन्दै गरेको र राप्रपाले चारजात छतिस वर्णको देशमा आदिवासी जनजाती अनबिज्ञानताको कारण नै पछि परेका हुन (के यस्तै हुन्छ अवधारणा ?) सम्म भन्न भ्याएका थिए भने एमाओवादी र ड्यास माओवादीबाट कुनै अवधारणा ल्याएको थिएन। मञ्च सम्बद्ध संघीय  लिम्बुवान कतारबाट आदिवासी जनजातीले उठाएको पहिचान सहितको संघीयता, गणतन्त्र,धर्म निरपेक्षता र समानुपातीक समाबेशीताको लागी सधै एकबद्दता र आन्दोलन गर्दै आएको जानकारी गराएको थिए भने संघीय समाजवादी कतारबाट बिभिन्न चरणमा भएको आदिवासी जनजाती आन्दोलनहरु निर्णायक भएको र आदिवासी जनजाती र समपुर्ण उत्पिडित वर्गको लागी संघीय समाजवादीले नारा नै "जातीय मुक्तिको लागी संघीयता र वर्गीय मुक्तिको लागी समाजबाद" भएको स्पष्ट पार्नु भएको थियो। अन्तरकृया कार्यक्रम भएकोले जनमाझलाई पनि प्रश्न गर्ने अवशर दिईएको थियो। फिल्ड तिर अवशर दिने बित्तीकै आक्रोशित देखीएका मिङ्सो सुहाङ नामधारी व्याक्ती हात उठाउदै जुरुक्क उठे ! उनले संघीय लिम्बुवान र संघीय समाजवादी पार्टी बाहेक अन्यलाई बाँकी राखेनन करिब ८ ओटा प्रश्न गरे।  एमाले कांग्रेसलाई आदिवासी जनजातीको पहिचानलाई जातीय राज्य भनेर संगीन आरोप लगाएको  भन्दै आदिवासी जनजातीको पहिचानलाई स्वीकार्ने कि नस्वीकार्ने ? हामीले मागेको जातीय पहिचान हो । एमाले कांग्रेसमा को माग्दै छ जातीय राज्य ?
धर्मनिरपेक्ष घोषणा भएको देशमा किन गोरु काट्दा १२ वर्ष जेलमा कोचिनु पर्दैछ आदिवासीहरु ?
राप्रपाका प्रतीनिधीलाई ४ जात ३६ वर्ण भनेको के हो ? कुन कुन आदिवासी तपाईको ४ जातमा पर्छन ? अमेरीकामा प्रोफेसर गर्ने आदिवासी अनबिज्ञनता कि चार जातको नाममा देश लुटने पाखण्डी ? आदिवासीको पहिचानलाई स्वीकार नगर्ने एमाले मै रहेर कतारको संमन्वय गरिरहेका खजुम प्रती लक्षित गर्दै  समाबेशीताको मादल बजाउने एमालेको स्थाई कमिटीमा कुनै आदिवासी जनजाती,दलित,मधेसी र महिला नहुनु एमाले साच्चै कत्तीको समावेशी पार्टी हो ?
जनमोर्चाका प्रतिनिधीले संघीयता ६२/६३को आन्दोलनले नभएर मधेस आन्दोलनबाट षडयन्त्र पुर्वक  बिदेशी मोडल हो भनेको कुरालाई कडा आलोचना गर्दै ३६ सालमा नफाकिएको पञ्चायत ४६ सालमा किन फ्याकियो ? एक भाषा,एक धर्म एक संस्कृती भनिएको देशमा किन आज बहुलभाषा,बहुल संस्कृती र बहुलधर्म भनिन्दै छ ? भनेर उल्टा व्याङ्ग गरेका थिए।
आन्तरिम संविधानलाई २५ बुदे र ११ बुदे कथित सिण्डिकेटमा कैद गरेर  आदिवासी जनजाती दलित महिला र उत्पिडित पक्षको प्रतिनिधीत्व हुने समाबेशी समानुपातीकता ९० सिटलाई घटाएर कस्तो चुनावको ढोल पिट्दै हुनुहुन्छ ? लगायत बिभिन्न प्रश्न सुहाङले गरेका थिए।
यसै गरि दोस्रो सहभागी मगर समुदायका व्याक्तिले आदिवासी जनजातीको पहिचानलाई नस्वीकार्ने एमालेमा राजिनामा दिन नसक्ने कस्तो र कस्को निम्ती लड्दै हुनुहुन्छ ? भनेर खजुम प्रति औलाठड्याएका थिए। बदलामा हरेक प्रश्न उठाउदै गर्दा माझबाट ताली वर्षिएको थियो।
उत्तरका क्रममा कांग्रेसका प्रतिनीधी बिमल सुबेदीले तिनै पुराना जातीय राज्य दिदै दिदौन भन्दै पहिचानलाई सिनुको संज्ञा दिएर आदिवासीले सिनु खान लागेको र नखान सबैलाई आग्रह गरेका थिए।सिनुको संज्ञा दिएपछि आदिवासीको पहिचान कसरी सिनु ? अनि कांग्रेसको बाउको बिर्ता होर कसैलाई राज्य दिन ? भन्दै माझमा आदिवासी युवाहरु पुन तात्तीएका थिए तर सुनुवाई भएन।एमालेका अध्यक्ष दिल किरण खजुमले धर्मनिरपेक्ष राज्यमा गोरु काटिन्दा जेल पर्नु निन्दनिय भएको र एमाले समाबेशी नै भएको भन्दै अन्य प्रश्नलाई फार्से गरेका थिए।राप्रपाका अध्यक्ष पौड्यालले चार जात छतिस वर्णको अर्थ खुलाउन त सकेनन तर बाँकि उनि माथी भएको चार वटा प्रश्नलाई नै गायब बनाएका थिए।जनमोर्चाका हेमन्त वाईबाले २१ औ शताब्दीमा पहिचानको कुरा गर्नु उचित नभएको भन्दै गर्दा माझको बिचबाट राई थरकी चेलीले उठेर आफ्नो नाम पछाडीको वाईबा हटाएर देखाउन चुनौती गरेकी थिईन तर त्यो पनि माझबाट तालीले स्वागत भयो माथी सुनुवाई भएन।
अर्का एकजना जनमोर्चाका कार्यकर्ताले महासंघका अध्यक्ष प्रति लक्षीत गरि आदिवासी नेतृत्वले जनता उचालेको भन्दै गाँउवासी,शहरवासी र आदिवासीमा के फरक छ ? भनेका थिए उत्तरमा महासंघका बिनेस तामाङले भिन्न साझा भाषा,साझा संस्कृती भएको जातीहरुको राष्ट्रनिर्माण हुनुभन्दा पहिलाको लिखित वा मौखीक ईतिहास भएकोलाई आदिवासी भनिन्छ भनेर सम्झाउनु भएको थियो भने सहभागी केहि युवाहरुले हाईट्रोशिल र टनशिल छुट्टाउन नसक्ने कस्तो राजनितीक कार्यकर्ता रहेछ जनमोर्चामा भनेर व्याङ्ग गरेका थिए।यहि बिचमा पहिचान बिरोधीलाई आधा घाण्टा सम्म भट्याउन दिएर पहिचानवादीलाई(यातु कुमार सम्बाहाङफे बोल्दै गर्दा) तिन मिनट हुने बित्तीकै समय सिद्धिएको जानकारी गराउन खोज्दा षडयन्त्र पुर्वक बिभेद भएको भन्दै आफ्ना कुराहरु नरोकी कन्टिनीउ गर्न डम्बर लिवाङ लगायत केहि आदिवासी युवाहरुले दबाद दिएका थिए।फलस्वरुप सम्बाहाङफेले ६ मिनट जती थप कुरा राख्न पाएका थिए। 
अन्तरकृया कार्यक्रममा केहि उत्तरचढाब भएपनि बाँकी सांस्कृतीक कार्यक्रम भने बिभिन्न जातजातीको संस्कृतीक झाकीको साथ उत्साह पुर्ण तरीकाले संपन्न भएको थियो।१९ औ बिश्व आदिवासी दिवसको अन्तरकृया कार्यक्रम महासंगका अध्यक्ष बिनेस तामाङले सञ्चालन गर्नु भएको थियो भने सांस्कृतीक कार्यक्रम महासंघका महासचिव देबराज राईले गर्नु भएको थियो।कार्यक्रममा उपस्थीत अधिकांस युवाहरुले राजनितक दल माथी उठेको प्रश्नहरुमा चाख लाग्दो उत्तर आउने नसके पनि बाँकी सांस्कृतीक कार्यक्रम भव्यताको साथ एतीहांसिक रुपमा संपन्न भएकोमा खुसी व्याक्त गरेका थिए।

संपादक

2 comments:

  1. समाचार लेखन पनि कस्तो खाले हो यो ? समाचार हो कि आत्मप्रसंशा हो यो ?

    ReplyDelete
    Replies
    1. बरिष्ठ पत्रकार रवि रोशी ज्यु।
      कतारमा आदिवासी जनजाती १९ औ दिवस मनाउने क्रममा त्यहाँ भित्र भएका यथार्थलाई बाईपास गरेर "आदिवासी जनजातीले बिभिन्न सांस्कृतीक झाकीहरु प्रस्तुत गर्दै १९ औ आदिवासी दिवस मनाए" मात्र लेखिदिदा चै अति संयम सालीन र उच्च स्तरिय समाचार बन्ने अनि त्यहाँ भित्र भएको बिभिन्न चरणमा घटेका घट्नाहरुलाई यथावत राख्दा चै आत्माप्रसंसा बढाएको देख्नु यो त अलिक अहंकार भएन र ?
      हुनत जनताले पशुपतीमा जलाएर खरानी पारेको राजतन्त्रको वकालत गरेर पटक-पटक आफ्नो सञ्जाल फेसबुकमा संप्रेषण गर्ने महान-महान पत्रकार ज्युहरुलाई कार्यक्रममा यि खर्पने आदिवासीहरु उत्पिडनका उपर यसरी प्रस्तुत भए भनेर यथार्थ बिषय संप्रेषण हुदा तिनले आफ्नोबारेमा प्रसंशा गरेको देख्नु स्वाभिक नै हो तर सम्बन्धित ठाँउमा भएको सत्य तथ्य बाहिर ल्याएर जनतालाई देखाउनु नै चाई समाचार हो है।
      यो लाटो बुझाई।

      Delete