तहल्का न्युज सम्बादाता: दोहा कतार-१६ अगष्ट, भाग्य नै खोटो भनौ यात राज्यमा बेरोजगारीले चरम यातनाको सिकार बनेर कर्मले डोर्याउदै मरुभुमीमा जिवन बिताउन बिवश तर आफुमा भएको कला कृतीलाई डगमगाउन नदि निरन्तर प्रयाय गरेर सतहमा उतार्न सफल भएको सांगीतीक प्रस्तृती मध्यको "फर्किएर फेरी किन ?" लगायत दुई म्युजिक भिडीयोको अन्तराष्ट्रिय नेपाल कलाकार समाज(अनेकस) ले होमल्यण्ड होटलमा उद्घाटन समारोह संपन्न गरेको छ।
करिब दुई सय जनाको हारहारीमा उपस्थित समारोह महेन्द्र पोखरेलको सभापतित्वमा भएको थियो भने गौरआवशिय नेपालका सदस्य सागर नेपालको प्रमुख अतिथ्य र महिला संघ लगायत भिभिन्न मातृ तथा बैचारीक संगठनको बिशेष अतिथ्यमा भएको थियो। १ बजे देखी शुरु भनिएको समारोह कार्यक्रम प्रमुख अतिथी सागर नेपालको लापर्बाही तथा बेवास्थाले करिब डेर घण्डा पछि शुचारु भएको थियो।कतार भित्रनै नयाँ कलाकारहरुको नौलो प्रस्तुतीलाई उच्च प्राथमिकता दिनु पर्नेमा होचुवाको भरमा कतिथ बैचारीक संगठन र माननिय सागर नेपाल ज्युले बेवास्था गर्नुको कारण कलाकारको मनोबलमा ठुलो चोट पुगेको उपस्थित जनमानसको दावी छ।
नाम नखोल्ने सर्तमा समारोह सम्बद्ध जिम्मेवार व्याक्तिले भन्नुभयो। समयको अभावले प्रमुख अतिथीको आगमन बिनानै कार्यक्रमलाई शुचारु गर्न बाध्य भयौ।
समारोह कार्यक्रमलाई शुभकामना दिनेक्रममा फर्किएर फेरी किन ? म्युजिक मोडलीका तथा नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले भनिन : हामीमा बिभिन्न कला,कृती हुदाहुदै पनि प्रवासको ठाँउ भएर ओझेलमा परेका छौ तर यस्को मतलव हामी सुतेका छैनौ बिभिन्न कलाकारी क्षेत्र सँग हातेमालो गरेर बढदैछौ र निरन्तर बढि रहनेछौ।राईले आफु महिला संघकी अध्यक्ष बन्नु भन्दा पहिला पनि सहित्य नाटक र मोडलहरुमा सहभागी बनिसकेको स्पष्ट पारीन र संपुर्ण कलाकारीता क्षेत्रमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई लक्ष लिएर निडरका साथ बढ्न शाहस पनि दिईन। शुभकामना मन्तव्यकै क्रममा प्रवास सांगीतीक समाजका अध्यक्ष नज्मा मियाँले कलकारीता क्षेत्रमा लागेका महिलाहरुलाई बिकृती फिजाउने गरेको भनेर पितृ सत्ता र सामन्त वर्गले संगीन आरोप लगाउने गरेको र यस्को भ्रम चिर्न कलाकारीता क्षेत्रमा रहेका दाजुभाई दिदिबहिनीहरु सचेत रहनुपर्ने सुझाब दिदै कलकारीता क्षेत्रमा रहेकालाई आफ्नो कलाहरु प्रस्तुत गर्दै निर्ढुक्कका साथ अघि बढन आवहान गरिन। यसरीनै मितेरी परिवारका अध्यक्ष सुमन लगायत बिभिन्न सामाजिक संस्थाका प्रतिनीधीले शुभकामना मन्तव्य दिनु भएको थियो भने बरिष्ठ डान्सर तथा गायक भानु शर्मा, गायक तिलक रामनाम,श्रवण सुब्बा,हिमाल सिवाकोटी आदिले शुभकामना मन्तव्य र गायन प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाउनु भएको थियो।
फर्किएर फेरी किन ? म्युजिक भिडीयोका नव मोडल गुन्जन लिम्बुलाई तपाई कसरी मोडल बन्न प्रेरित हुनु भयो ? भन्ने अनेकसले प्रश्न गरेको थियो।उत्तरमा नव मोडल गुन्जन लिम्बुले आफु मोडल बन्ने बच्चा देखीको चाहानाहुदाहुदै पनि बाध्यता र व्यबस्थाले सिर्कुना लाउदा बिदेशीनु परेको भएपनी यो मरुभुमीमा आकांक्षाका केहि हदहरुलाई पुर्ती गर्न पाउदा अत्यन्तै खुसी रहेको र यस्मा दर्शकहरुको साथ पाएको र निरन्तर पाईरहने आशा व्यक्त गर्नु भयो साथमा मोडलीका रेखा राईले आफुमा रहेको कलाहरुलाई प्रस्तुत गर्ने अवशर पाउदा हदै खुसी रहेको र दर्शकहरुलाई उदृत गर्दै तपाईहरुले निरन्तर साथ दि रहनु होला तब मात्र हामी अघी बढ्न सक्छौ भन्ने अपिल र धारणा व्याक्त गर्नु भयो।
कार्यक्रमको शुरुवात नेपाली राष्ट्रगानबाट सुचारु भएको थियो। लगतै "संगम शरणम गछमी,बुद्दम शरणमा गछमी" नेपाली थियौ,नेपाली छौ,नेपाली रहन्छौ। नेपालमै जन्मेउ नेपालमै हुर्किउ नेपाल मै मर्नेछौ"। भन्ने नित्यले साच्चैनै सबैलाई हर्शित बनाएको थियो। उपस्थीत कतिको प्रतीकृया "आज चै नेपाली कार्यक्रम जस्तै महशुस भयो" भन्ने पनि थियो। अमिता बचनले बुद्ध नेपालमा जन्मेको हो भनेर गर्व गर्ने अनि बुद्धको मुर्ती एउटा खुल्ला स्थलमा राखौ भन्दा प्रशासनिक दमन गर्नेलाई राम्रो झापड पनि थियो यो नित्य। यसरीनै समारोह कार्यक्रमको बिभिन्न चरणमा सिता थापा मगर(मनकि चरी उडि उडी),उर्मिला राई(ओए ओए करेन्ट लाग्छ मलाई छोए) लगायतको नित्यले कार्यक्रमहललाई बुरुक बरुक उफारेको थियो। कार्यक्रमको अन्त्यतिर "होईन यहाँ के छ अरे ? भन्दै सागर नेपाल (प्रमुख अतिथी) आई पुग्नु भएको थियो भने लोकतान्त्रिक मञ्च र जन प्रगतीशिल मञ्च आदि बैचारीक संगठनले उपस्तिथी जनाएन किन हो ? अहंता कि व्यब्स्थता ? अन्योलताकै बिषय बनेको छ।कार्यकर्मको प्रमुख अतिथी र निमन्त्रित अतिथीको अनुपस्तीथीमै पनि समारोह कार्यक्रम कलाकारहरिको उच्च मनोबल र सयौ दर्शकको उपस्तिथीले भव्यताका साथ संपन्न भएको थियो।
यस अन्तराष्ट्रिय कलाकार समाज (अनेकस) कतारको परिचायगात्मक तथा म्युजीक भिडियो उद्घाटन समारोह कार्य्रक्रमको सञ्चालन बिसमान बिसी र गुन्जन लिम्बुले गर्नु भएको थियो भने प्रविधिक तर्फ सुरेस राई, राजेश याख्खा र कमल परीयारले सहयोग पुर्याउनु भएको थियो ।
nawa model harulaai haardika badhaai tathaa shubhakaamana takraudachhu!
ReplyDeleteJhapali thule..!