- हंगकंगमा सिसेक्पा तंगनाम ( साऊने संक्रान्ति ) भव्य रुपमा सम्पन्न ।
- पहिलो मिस लिम्बु नेपाल सुश्री निलिमा मादेन लिम्बु ज्युलाई सम्मान ।
अर्थात साउने सक्रान्ति हङकङमा विहिवार साँझ पंपरागतमुन्धुम अनुसार मनाएको छ । तङनाम सेवामा प्रथम मिस लिम्बु निलिमा मादेनलाई सम्मान गरेका छ । किरात याक्थुङ चुम्लुङ हङकङले आयोजना गरेको सिसेक्पा तङनाममा ‘प्रथम मिस लिम्बु २०१२ को उपाधि जिते यता यत्रो ठुलो सम्मान हङकङमा पहिलो पल्ट आफुले पाएको’ मिस निलिमा लिम्बुले कार्यक्रममा वताइन । भब्य सम्मानले भावुक वनेको निलिमाको आँखा रसाएको प्रस्टरुपमा सवैले देखेका थिए ।निलिमालाई सम्मान गर्दै किरात याक्थुङ चुम्लुङ हङकङले प्रमाण–पत्रको साथमा सम्मान पत्र प्रदान गरेको थियो ।
ताप्लेजुङवासीको रुपमा उनलाई समाजको उपाध्यक्ष
गिता पालुङवाले ताप्लेजुङ हङकङ समाजको तर्फबाट प्रमाण–पत्रको साथमा उपहार दिएको थियो । त्यसतै, याक्थुङ आर्टिष्ट सोसाइटि हङकङ लगायत विभिन्न सस्थाहरु लगायत डेढ दर्जन जाति ब्यक्तिहरुले खदा ओढाइ लाइसी (पैसा हालेको खाम)ले सम्मान गरेको थियो । प्रथम मिस लिम्बुको लागि हङकङबाट सहयोग गर्नुहुने सवै संघसस्था तथा ब्यक्तिहरुलाई मायाको चिनो (टोक अफ लभ) प्रदान गरेकी थिइन । उनको टोकन अफ लभ एक दर्जन भन्दा धेरै सस्था र आधा दर्जन जति विभिन्न ब्यक्तिहरुले पाएका थिए । त्यसतै, दोश्रो मिस लिम्बुको तर्फबाट समेत सहयोग दाताहरुलाई मायाको चिनो प्रदान गरेकि थिइन । फेसन इन अ सिटि, १३ जुलाईको लागि वैंकक बाट ११ जुलाईमा हङकङ आइपुगेकि मिस लिम्बु दुइ साता पछि वैंकक नै फर्कने उनले संचारकर्मीलाई वताइन । उनि वैंककमा फेसन डिजाइनिङमा अध्यायनरत छिन् भने उनि २०१२ को पहिलो मिस लिम्बु हुन । विक्रम संवत अनुसार साउन महिनाको एक गते पारेर मनाइने
“सिसेक्पा तङनाम” जोर्डन स्थित फुलबारी क्लबको हलमा सम्पन्न भएको थियो । चुम्लुङका अध्यक्ष त्रिभुवन
लुङफुङवाको अध्यक्षतामा भएको कार्यक्रम सचिव वरध्वोज ओख्राबु “यात्रा”ले संचालन गरेका थिए भने उपाध्यक्ष कमल कुमारी वनेम “असली”ले सुभकामना मन्तब्य दिएकी थिइन । हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापा प्रमुख अतिथि रहेको कार्यक्रममा जे. बी. ओख्राबु, इन्द्र वनेम, हेम लिम्बु, कृष्णराज लाओति, रिता गुरुङ, रविन लिङदेन, श्याम इङनाम, क्षत्र सुब्बा, चन्द्र सिङघक, गिता पालुङवा लगायत डेढ दर्जन जति संघसस्थाको अध्यक्ष तथा प्रतिनिहरुले आसन ग्रहण गरेका थिए । किरात याक्थुङबाहरुले “सिसेक्पा तङनाम” भनेर मनाउने उक्त चाड याक्थुङबा “लिम्बु”हरु वसोवास गरेको विभिन्न ठाउहरुमा मनाउने गरिन्छ । देश विदेशमा मनाइने चाड आदिवासीहरुले विशेष महत्वको साथ मनाउने गरेको पाइन्छ ।
साउने सक्रान्तीको अवसरमा आउने मनाइने चाड परंपरागत रुपमा मनाइदै आएको हो । “सिसेक्पा तङनाम”मा आफ्नो वारीमा रोपेर फलाएको चिजलाई घरदैलोमा डोरिले झुण्ड्याएर नाङलो ठट्टाउदै अनिकाल जा सहकाल आइज भन्ने परमपरागत चलन रहेको छ । तङनामराम्ररी मनाएमा छाला संवन्धि विभिन्न रोग हरु निको परमपरागत हुने विश्वास रहेको छ ।


No comments:
Post a Comment