=अब्दुल्लाह मिया
सभामुख सुवासचन्द्र नेम्वाङको निर्देशन उल्लंघन गर्दै फेरि सभासद धनबहादुर बुढा करिब ५० किलोग्राम यार्चागुन्बु बोकेर हङकङ हानिएका छन् । यार्चागुन्बु बेच्न उनी आइतबार राति हङकङ गएका हुन् ।
जेठ अन्तिम साता संसद् चलिरहेका बेला उनी हङकङमा १५० ग्राम यार्चागुन्बुको 'स्याम्पल' देखाएर फर्किएका थिए । बुढा डोल्पाबाट एमालेबाट निर्वाचित सभासद हुन् ।
हङकङमा डोल्पाको यार्चा बढी मूल्यमा बिक्री हुने भएकाले उनी बर्सेनि उतै जाने गरेका छन् । केही समयअघिको भेटमा उनले गत वर्ष करिब दुई सय किलोग्राम यार्चा हङकङ लगेर बेचेको बताएका थिए । हङकङमा एक किलो यार्चा ३० देखि ४० लाख रुपैयाँमा बिक्री हुने गरेको छ ।
सभामुख नेम्वाङले सभासद बुढाले विदेश जानुअघि आफूलाई जानकारी नदिएको बताए । निर्देशन अटेर गर्दै सभासदहरू भटाभट आफूखुसी विदेशिन थालेपछि नेम्वाङले सम्बन्धित पार्टीसँग नै स्पष्टीकरण लिने तयारी गरेका छन् । 'कानुनी कारबाही नै गर्ने ठाउँ त छैन, अब सम्बन्धित पार्टीसँग नै स्पष्टीकरण लिन्छु' नेम्वाङले कान्तिपुरसित भने, 'जति आग्रह गरे पनि सुनुवाइ भएन, यो दुःखद हो ।'
डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष नोर्बु घलेका अनुसार सभासद बुढाले माथिल्लो डोल्पाका विभिन्न व्यापारीबाट यार्चा बटुलेर जम्मा गरेका थिए । गत महिना डोल्पाको धो, ताक्सी, दुनैलगायत विभिन्न स्थानमा संकलन गरिएका यार्चा धो गाविसका झ्याम्पा लामाले हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याएका थिए । ती सबै यार्चा सभासद बुढाले नै किनेका थिए ।
'धो घटनामा संलग्नबारे कारबाही माग गर्दै गृहमन्त्रीज्यूलाई ज्ञापनपत्र दिने व्यवस्था मिलाउन सभासदज्यूलाई हिजो (आइतबार दिउँसो) आग्रह गरेको थिए, उहाँले हुन्छ पनि भन्नुभएको थियो,' अध्यक्ष घलेले सोमबार कान्तिपुरसित भने, 'आज (सोमबार) पीए कमल रोकायाले पो उनी त हङकङ गएको बताए ।'
धो घटनाबारे सभासद बुढाकै उपस्थितिमा शे फोक्सुण्डो निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग सहमति भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय बासिन्दाबीच कब्जामा लिएको स्थानीयले उठाएको सात लाख ५६ हजार रुपैयाँ फिर्ता गर्ने सहमति भएको थियो । 'सहमति कार्यान्वयनमा सभासदले पहल नगरेकामा समस्त उपल्लो डोल्पावासी क्रुद्ध छन्' घलेले भने, 'जनताको प्रतिनिधिको चालामा देखेर हामी चकित छौं ।' सभासद बुढाले प्रहरीको कुटाइबाट घाइते भएका मृतकका परिवारलाई आफ््नो तर्फबाट ५ लाख रुपैयाँ रकमसमेत उपलव्ध गराउने बाचा गरेका थिए । त्यो रकम पनि अहिलेसम्म मृतक परिवारका हातमा नपरेको घलेले बताए ।
साभार कांतिपुर

No comments:
Post a Comment