Monday, July 28, 2014

गीतकार ईशा लावती लिम्बुको पहिलो मायाँ सीडी एल्बम बिमोचन गरिएको छ।

काठमाडौ, बि.सं.२०७१ साउन ९ गते शुक्रबार नयाँ बानेश्वर स्थित ईन्द्रेणी फूडलेण्डमा गीतकार ईशा लावती लिम्बुको सीडी एल्बम पहिलो मायाँ कार्यक्रमका प्रमुख अतिथी निबर्तमान नेप्रप्र कुलपती बैरागी काईला, विशेष अतिथि बरिष्ठ गीतकार रत्न शम्सेर थापा, कार्यक्रमका सभापती तथा जुझारु म्यूजिक प्रा.लि.का निर्देशक भानेन्द्रकुमार सम्बाहाम्फे र अतिथी प्रतिलिपी अधिकार रजिष्टार बिसु कुमार केसीको बाहुलीबाट संयुक्त रुपमा बिमोचन गरियो । अतिथिको रुपमा गीतकार ईशा लावती लिम्बू, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, साहित्यकार शान्तिप्रीय र गायक हेमन्त शर्मा आसन ग्रहण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेले भन्नू भयो ।नेपाली गीत लेखनमा प्रबास ईजरायल बसेर यति ठूलो कर्म गर्नु अत्यान्तै सह्रनिय कुरा हो ।वहाँको सह्रहाना नेपाल सरकारले गरेर हालसालै मात्र भानुभक्त द्विशतबार्षिकी स्वर्ण पदक गरि सक्नु भएको छ । यो एउटा गीतकारको लागि अत्यान्तै खुशीको कुरा हो ।
त्यसरी नै प्रमुख अतिथी निबर्तमान नेप्रप्र कुलपती बैरागी काईलाले गीतकार ईशा लावती लिम्बुलाई तारिफ गर्दै भन्नू भयो । प्रदेश बसेर गीत लेख्नु अत्यान्तै जटिल कुरा हो । तर वहाँ जस्तो स्रष्टाले देश सम्झेर गीत लेखन उत्थान गर्न खोज्नु अत्यान्तै सार्थक बिषय हो । विशेष अतिथि बरिष्ठ गीतकार रत्न शम्सेर थापाले गीतकार ईशा लावती लिम्बूका गीतहरु अत्यान्तै लोकप्रीय खालका छन किनभने खुशी भन्दा मन दुखाउँने खालका गीतहरु नै बिश्वमा चर्चित भएको पाईएको छ ।
जुन पहिलो मायाँ सीडी एल्बममा पनि त्यही प्रकृतिको गीतहरु संग्रहित रहेको टिप्पणी गर्नु भयो । त्यसरी नै अतिथी प्रतिलिपी अधिकार रजिष्टार बिसु कुमार केसी र गायक हेमन्त शर्माले पनि शुभ कामना मन्तब्य पेश गर्नु भएको थियो ।
सीडी एल्बम बिमोचन पछि जलि सक्यो दिल मेरो बोलको गीतमा निर्माण गरिएको म्यूजिक भिडीयोको प्रीमियर सो गरिएको थियो ।जुझारु म्यूजिक प्रा.लि.को तर्फबाट सीडी तथा भिडियोमा प्राबिधिक सहयोग गर्नुहुनेलाई मायाँको चिनो अर्पण गरिएको थियो ।कार्यक्रमको बिसर्जन गर्दै पहिलो काम नै ऐतिहासिक र गर्व गर्न योग्य काम गरेछौ सभापती तथा जुझारु म्यूजिक प्रा.लि.का निर्देशक भानेन्द्रकुमार सम्बाहाम्फेले भन्नुभयो ।
कार्यक्रमको सन्चालन म्यूजिक भिडियो निर्देशक तथा रेडियो कार्यक्रम प्रस्तोता प्रदीप निरौलाले गर्नुभएको थियो । कार्यक्रममा गायक,पत्रकार,लेखक तथा बुद्धिजिबिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment