Tuesday, July 22, 2014

नेपाल–भारत विद्युत व्यापार सम्झौता अनि लिम्बुवानी नदीनाला हरुमा अतिक्रमण को असर !

बिचार बिमर्स-सेवालुङ
  • काठमण्डौ ले जे सुकै सम्झौता गरोस त्यो संग हाम्रो मतलब रहेन , तर त्यो सन्धि र सम्झौता को कारणले हामि हरुलाई प्राकृतिक विपद र प्रकोप हरु को सामना गर्न नपरोस।
२२ जुलाई: प्रकृतिले दिएको देशको अमुल्य निधि जलश्रोत जुन कहिल्यै सकिदैन। जलश्रोत कुनै भू-गर्भीय खानि होइन। यसको अन्त्य हुने निश्चित समय हुदैन। यतिका अदम्य प्राकृतिक श्रोत र साधनको धनि भएर पनि हामि नेपाली जन्ता हरुले अन्धकारमय जीवन गुजारा गरिरहनु परेको छ। देशको बागडोर सम्हालेर बसेका नेपाल आमाका कुपुत्र नालायक नेता हरुले यी र यस्ता श्रोत साधन हरु धमाधम भारत लाइ जिम्मा लगाउदै छन्। यो अत्यन्तै दुखद पक्ष हो।
यो देशका ठेकेदार हरुले नेपाली जन्ता हरुलाई के सम्म पंगु बनाएनन र? प्रकृतिले नि:शुल्क दिएको हाम्रो खोला नाला हरु भारत लाइ धमाधम जिम्मा लगाउने, अनि तिनै खोला नाला हरु बाट उत्पादित बिधुत हामीले महँगो दाम लगाएर किनेर बाल्नु पर्ने? हामीले सित्तैमा दुध दिएर त्यो दुध बाट बनेको मोही फेरी उल्टै किनेर खानु पर्ने? आमममम हामि नेपाली जनता कति सम्म सोझा सिधा रहेछौं भन्ने कुराको पुष्टि यसरि हुन्छ। यस्ता खालको राष्ट्रिय तथा अन्तराष्ट्रिय अतिक्रमण हरुको हामि स्थानीय ति नदि तथा नाला प्रभाबिद क्षेत्रमा बसोबास गर्ने समुदाय हरुले डटेर सामना गर्नु सक्नु पर्छ। आइ.एल.ओ १६९ ले अन्तराष्ट्रिय स्तरमा हामि स्थानीयबासी हरुको अधिकार सुनिस्चित गरिएको छ। तपाइँ हामि स्थानीयबासी हरुको स्वीकृति बिना कोहि कसैले शोषण र दोहन गर्ने अधिकार छैन। काठमण्डौ ले जे सुकै सम्झौता गरोस त्यो संग हाम्रो मतलब रहेन , तर त्यो सन्धि र सम्झौता को कारणले हामि हरुलाई प्राकृतिक विपद र प्रकोप हरु को सामना गर्न नपरोस।
देश राज्य पुनर्संरचना भइ संघियतामा गयो भने भोलि यस्ता खाले सन्धिr सम्झौता गर्न सकिदैन भनेर हतार हतार धमाधम यो काम भइ रहेको कुरा संका गर्न सकिन्छ। यो देशका जलमाफिया र भू-माफिया हरुलाई त्यो अधिकार सम्पन्न बनाउने पनि तपाइँ हामि नै हौँ। तर जब सम्म तपाइँ हामि आफैले आफ्नै श्रोत र साधान हरुको प्रयोग गरि ति र तेस्ता प्राकृतिक श्रोत र साधन हरुको उपयोग गर्न सक्दैनौ? तब सम्म कसै लाई बिना सर्त सुम्पिनु हुदैन। केहि अतिक्रमण कारी हरुले मुखमा १२ माना घ्यु दलेर विभिन्न बहाना हरु बनाए पनि हामीले हाम्रो प्राकृतिक सम्पतिको जगेर्ना गर्नु हाम्रो कर्तब्य हुने छ। नत्र भोलि हाम्रा सन्तति हरुले हामि हरु लाइ धिक्कार्ने छन्।
-जलजला-३ संखुवासभा 
पाँचखपन लिम्बुवान नेपाल।

No comments:

Post a Comment