Tuesday, August 20, 2013

मंच सम्बद संघीय लिम्बुवान राज्य परिसद को राजनैतिक प्रतिबेदन ,भेडेटार ,धनकुटा ,लिम्बुवान नेपाल

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
बृहत् केन्द्रीय बैठक
२०६९ जेष्ठ ३० र ३१ गते
भेडेटार, धनकुटा, लिम्बुवान, नेपाल
राजनैतिक प्रतिवेदन (Political Report)
उपाध्यक्षहरू, महासचिव, सचिवालय सदस्यहरू, के. सदस्य एवम् राष्ट्रिय पार्षदहरू, जिल्ला एवम् उपत्यका अध्यक्षहरू, जनवर्गीय संगठन, एवं एल.भी. कमाण्डका नेतृत्वहरू, स्वायत्त परिषद र विदेशस्थित् समितिका प्रतिनिधि मित्रहरू,
सर्वप्रथम, संघीय अभिवादन एवं जय लिम्बुवान भन्न चाहन्छु !

सहयोद्धा मित्रहरू,

संघीय र पहिचान विरोधी एकात्मकवादीहरूको षडयन्त्रले संविधानसभा विघटन भई सकेपछिको गम्भीर मोडमा हामी यस बृहत् केन्द्रीय मिटिङमा जुटेका छौं । यसबेला हाम्रो मनहरू एकात्मकवादीहरूप्रतिको त्रि्र आक्रोश र घृणाले भरिएको छ । हामी तत्काल ती पहिचान विरोधीहरूमाथि जाइलाग्न चाहन्छौ । तर फेरि पनि हामी राजनैतिक शक्ति भएकोले धैर्यतापूर्वक परिस्थितिहरूको विश्लेषण गर्र्छौं । ती एकात्मकवादीहरूलाई सधैको लागि परास्त गर्न वैज्ञानिक योजनाहरू बनाउँछौ । संविधानसभा विघटनको घटनाले सबै सह-अस्तित्व/पहिचानवादीहरूलाई चोट पुर्‍याएकै छ । तर मञ्च सम्बद्ध संलिरापलाई अरुभन्दा अझ बढी चोट पुगेको छ किनकि यो ४ वर्षो अवधिमा आफ्नो राजनैतिक मुद्दाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न यस परिषदले नेपालमा नै सबैभन्दा बढी राजनैतिक कार्यक्रमहरू सञ्चालन गरेको थियो । हामी गर्वका साथ भन्छौं, अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवानको मुद्दालाई हामीले सबैभन्दा सशक्त र राजनैतिक प्रकारले उठाएका थियौं र यो ४ वर्षो अवधिमा कुनै समय पनि हामी चुप थिएनौं, आफ्नो मुद्दाको लागि क्रियाशिल थियौं ।

. संविधानसभाबाटै लिम्बुवानसहितको संविधान लेखाउन यस परिषदको क्रियाशीलता कार्यक्रमहरूः

संविधानसभाबाट जारी भएको गणतन्त्र, संघीयता र अरुणपूर्व नौ जिल्ला लिम्बुवान राजनैतिक प्रकृतिको हुन्छ र यसलाई विश्वले पनि सहज गरी लिन्छ । यही बुझाई अनुसार नै यस परिषदले १८ दिने लिम्बुवान आन्दोलनको बलमा २०६४ फाल्गुन १८ को ५ बुँदे सहमती गरी संविधानसभाको चुनावमा भाग लिने मार्गप्रशस्त गरेको हो । तर, त्यसबेला तत्कालीन राजाले 'जनताको नासो जनतालाई फर्काई दिए' भनेर भाषण गरिसक्यो 'त्यसैले लिम्बुवान स्वतन्त्र भइसक्यो' भन्नेहरू पनि थिए र लिम्बुवान चुनावमा जानुहुँदैन आन्दोलन गरेर सामाजिक संघर्षमार्फत लिम्बुवान प्राप्त गरी हालिन्छ नि भन्नेहरू पनि थिए । तर, यस परिषदले चुनावको बाटो नै रोज्यो किनकि त्यसबेला लिम्बुवान मात्र होइन गणतन्त्र पनि संगसंगै ल्याउनु परेको थियो ।
धेरै पार्टीहरू चुनाव लडे, सभासद भए र सरकार बनाउने गिराउने खेलमा चुर्लुम्म डुबे । सडक वा आन्दोलनको मोर्चाका धेरै कम मात्र देख परे । तर यस परिषदले चुनावलाई पनि एक आन्दोलनको रुपमा प्रयोग गर्‍यो र चुनावको भोलिपल्टदेखि नै सडक अभियानमा सक्रिय भयो ।
आन्दोलनरत् स्वयत्ततावादी संगठनहरूमध्ये यस परिषदले नेपालमा नै पहिलोपल्ट 'लिम्बुवान स्वायत्त राज्यको संविधान' जारी गर्‍यो । यो संविधान जारी गरिएपछि भोलिको लिम्बुवान कस्तो हुनेछ भनिरहेको आशंकाहरू धेरै हदसम्म हटेर गयो र लिम्बुवान संगठन र आन्दोलनका धेरै सकारात्मक प्रभाव पर्‍यो । यसरी नै धरान, विर्तामोड, इटहरी, विराटनगरमा लाखौं जनताको उपस्थितिमा ऐतिहासिक लिम्बुवानी आमसभाहरू, मिसन डि.एस. अन्तर्गत अरुण-सभा दोभानमा काङसोरे श्रद्धाञ्जलि सभा, काँकडभिट्टा-कोशी व्यारेज मोटरर्साईकल र्‍याली, जोगवनी-विजयपुर मार्चपास, काँकभिट्टा-दमक, चतरा-अरुण-संखुवाखोला मार्चपास (पाँच दिन), काठमाण्डौं रिङरोड मार्चपास लगायत दर्जनौं आमसभाहरू, प्रशिक्षणहरू सम्पन्न गरियो । यसरी नै फोटोसहितको एकात्मक मतदाता संकलन अभियानलाई लिम्बुवानमा एक वर्षम्म रोक्न सफल भइयो । दर्जनौं सडक आन्दोलनहरूलाई तार्किक निष्कर्षमा टुङ्ग्याइयो र दशौँपल्ट राज्यलाई ज्ञापनपत्र दिएर 'लिम्बुवान नहारेको भूमि हो' यो भूमि पुनः लिम्बुवान स्वायत्तता चाहन्छ भनेर झकमकाउने कार्य भयो ।
परिषदले सिङ्गल पनि आन्दोलन चर्काउनु पर्छ र सामूहिक रुपमा पनि अघि बढ्नुपर्छ भनी संविधानसभाको चुनावपछि संयुक्त लिम्बुवान मोर्चा निर्माण गरियो । यसरी सामूहिक रुपमा जानु हुँदैन भनी केही साथीहरू परिषदबाट उछिट्टएि पनि । तर हामी अघि बढिरह्यौ । जेष्ठ १४ को अन्तिम सेरोफोरोमा आइपुग्दा हामीले एमाओवादीको बादल-वैद्य विचार समूहसंग मोर्चावन्दी गर्यौं, यसैगरी एमाले-कांग्रेस भित्र रहेका लिम्बुवान चाहने साथीहरूसंग पनि मोर्चावन्दी गर्‍यौं र ५० वटाभन्दा बढी पहिचानवादी संगठनहरूसंग मिलेर आदिवासी जनजाती संयुक्त संघर्ष समिति निर्माण गर्यौं । आदिवासी संयुक्त संघर्ष समिती मार्फ जेष्ठ ७, ८ र ९ को ऐतिहासिक नेपाल बन्द र जेष्ठ १३, १४ गते संविधानसभा घेराउ, कार्यक्रममा यस परिषदले सबैभन्दा अग्रणि भूमिका खेलेको छ ।
यसरी संविधानसभाबाटै नौ जिल्ला लिम्बुवान सहितको संविधान बन्नुपर्छ भनेर सबैभन्दा क्रियाशील रहेकोले संविधानसभा विघटन हुँदा अरुहरूभन्दा बढी यस परिषद आक्रोशित हुनु स्वभाविक हो ।

) संविधानसभा विघटन वरिपरिका राजनैतिक दृश्यहरूः

(क) संविधानसभा राज्य पुन:संरचना समितिले ल्याएको १४ राज्यको प्रस्ताव, जुन प्रस्तावको एक नम्बरमा लिम्बुवान स्वायत्त राज्यको नामाकरण छ, यद्यपि यस प्रस्तावले ल्याएको लिम्बुवानको सिमांकनप्रती मात्र हाम्रो असहमती छ । बहुमतले पारित गरेर ल्याएको यस प्रस्तावलाई एमाले र कांग्रेसका पहिचान विरोधी शेर्ष नेताहरूले अस्विकार गरे ! जबकि उक्त प्रस्ताव पारित गर्दा एमालेका सभासदहरू पनि थिए । तर सभासदले लिम्बुवान भने पनि शीर्ष भनिएका एमालेहरू त्यो अस्विकार गर्ने पक्षमा उभिए । त्यसपछि तिनै एमाले-कांग्रेसले उखरमाउलो गरेपछि राज्य पुनर्संरचना आयोग बनाइयो । उक्त आयोगले पनि लिम्बुवान सहितको ११ राज्यको प्रस्ताव ल्यायो, यद्यपि फेरि पनि यस आयोगले ल्याएको लिम्बुवानको सिमांकनप्रती यस परिषदको असहमती छँदै थियो । तर, आफैले बनाएको आयोगको प्रस्तावलाई पनि एमाले-कांग्रेसले मानेनन् । यिनीहरू संसारमै नभएको संकर्ीण्ाता र अलोकतान्त्रिक व्यवहार देखाएका छन्, हुनत यसको परिणाम तिनीहरूले भोग्दै जाने नै छन् ।
अर्कोतिर, सर्वोच्च अदालतले संविधानसभाको म्याद तोक्ने काम शुरु गर्‍यो । सर्वोच्च नै राख्ने कि नराख्ने भनेर छलफल र  गर्ने सक्ने संविधानसभाको म्याद तोक्ने राजनैतिक र कानुनी अधिकार सर्वोच्चलाई नहुने पर्ने हो तर उसले संविधानसभाको आयु जेष्ठ १४ गते भनेर तोकि दियो । सर्वोच्चले संविधानसभाको आयु जेष्ठ १४ गते भनेर तोकिदिँदा एमाले, कांग्रेस र अन्य एकात्मकवादीहरू खुशीले उप्रिmए र सर्वोच्च महान छ भनेर जय जयकार गरे ।
अर्कोतिर, राज्य पुनर्संरचना वा संघीय सम्बन्धी विवाद मिलाउँछु भनेर एमाओवादीका अध्यक्ष प्रचण्ड 'विवाद समाधान उपसमितिको' संयोजक भए । जबकि यस समिती बारे संविधानसभाको नियमावलीमा कही उल्लेख छैन । उनले मिलाउँछु-मिलाउँछु भन्दै एक वर्षम्म संविधानसभालाई अल्मलाए । कम्तिमा, सहमतिमा कुरा नमिल्ने भएपछि संविधानसभाको सभासदहरूबीच भोटिङको लागि समय छँदै प्रक्रियामा लानु पर्ने हो तर उनले मिलाउँछु-मिलाउँछु भन्दै पूरै देशलाई अलमलमा पारे । यसरी नै, सबैभन्दा ठूलो गद्दारी सभाध्यक्षबाट भयो । निश्चित अवधिमा सहमती नभएपछि समय छँदै सभासदहरूबीच भोटिङमा लाने प्रक्रिया चाल्नु पर्ने थियो । तर, उनी चुपचाप तोर्माजस्तो बसिरहे । केही एकात्मकवादीहरूले अर्को पल्ट राष्ट्रपपति बनाई दिउँला भन्ने आश्वासन दिएकोले कसैलाई नचिढाउने रणनीती अनुसार उनी चुपचाप/मौन बसे । राष्ट्रपती बन्ने उसको करिअरिष्टिक लोभ लालचले गर्दा आदिवासीहरूले सबैभन्दा व्यग्रसाथ पर्खेको संविधानसभा एउटा लोभी-पापी आदिवासीकै हातबाट हत्या गर्न सफल भए एकात्मकवादीहरू । आज नेपालका सम्पूर्ण आदिवासीहरू सभाध्यक्षप्रती आक्रोशित छन्, आदिवासी अनुहारको कलङ्क हो भनिरहेका छन् र ऊनीप्रती लिम्बुवानको धारणा र व्यवहार कस्तो हुने हो भनेर हाम्रो दृष्टिकोण सुन्न आतुरमा छन् ।
यसरी नै आन्दोलनबाट उठेर गएका मधेशवादी दलहरू शुरुदेखि नै चरम् सत्ता लिप्सामा डुबे । मधेशका सबै पक्ष सत्तालिप्सामा चुर्लुम्म डुब्यो । आन्दोलनको रगतबाट जन्मेर गएको मधेशका पार्टीहरू सत्तामा डुबेपछि एकात्मकवादीहरूलाई षडयन्त्र गर्न सजिलो भयो ।
यसरी, मुख्यतः एमाले-कांग्रेस पहिचानको विरुद्धमा उभिएको, प्रचण्ड र सभाध्यक्षले भोटिङ प्रक्रिया अघि नबढाएको र सबैभन्दा भन्दा सक्रिय हुनुपर्ने मधेशवादी दलहरू सत्तामा डुबेको कारणले गर्दा नेपाली जनताको रगत, पसिना, आँशुबाट बनेको संविधानसभा विघटन भएको छ । यो विघटनको मुख्य दोषी एमाले-कांग्रेस हुन्, यिनीहरूलाई यो आकाश-धर्ति रहिञ्जेलसम्म माफी दिनुहुँदैन । साथै, सहायक दोषीहरूलाई पनि आउने दिनमा सजायको भागिदार बनाउनै पर्छ, अनि मात्र नेपाली जनताको आत्माले सन्तोषको श्वास फर्ेछ ।
(ख) सह-अस्तित्व पहिचानलाई विकृत बनाउने दुष्प्रयासः
लिम्बुवानले आफ्नो मागहरूलाई सह-अस्तित्वको आधारमा अघि बढाएको हो । पहिले लिम्बुवान पनि थियो र गोर्खा   (नेपाल) पनि थियो । दुबै पक्षबीच युद्ध भयो र सह-अस्तित्वको आधारमा नेपाल र लिम्बुवानबीच सन्धि भयो र उक्त सन्धि २०२१ सालसम्म जीवन्त थियो । सह-अस्तित्व भन्नाले लिम्बुवानले पनि नेपाललाई मान्ने र नेपालले पनि लिम्बुवानलाई मान्ने । लिम्बुवानको माग सह-अस्तित्व (Co-Existence) मा आधारित थियो र छ । सह-अस्तित्वमा आधारित लिम्बुवानको यो माग धेरै गहकिलो छ, यो गहक (वजन) लाई फिक्का बनाउन एकात्मकवादीहरू र तिनीहरूको प्रचार मिडियाहरूले पहिचान र सामार्थ्यको कुरा उठाए । उनीहरूले भनेको पहिचान भन्नाले यहाँ लिम्बूहरू बस्छन् र पहिचान (Identity) को आधारमा लिम्बुवान खोजेका छन भनेर गलत अर्थ लगाउन थाले । हामीले भन्यौं- पहिला यहाँ लिम्बुवान थियो, लिम्बुवान नहारेको भूमि थियो । त्यसैले त्यही ऐतिहासिक आधारमा लिम्बुवान हुनुपर्छ । लिम्बू भएर लिम्बुवान भएको होइन लिम्बुवान भएर लिम्बू भएको हो भनेर ऐतिहासिक दृष्टिकोणहरू हामीले बारम्बार प्रस्तुत गर्यौं । तर, एकात्मकवादीहरूले बारम्बार पहिचान भन्ने शब्द प्रयोग गरे । ल, त्यसो भए ठीकै छ, लिम्बुवानको ऐतिहासिक पहिचानलाई कायम राख्दै लिम्बुवान स्वायत्त राज्यको व्यवस्था गर न त भनेर हामीले पहिचान भन्ने शब्दलाई स्वीकार गर्न थाल्यौं ।
त्यसपछि ती एकात्मकवादीहरूले 'जातीय' भन्ने शब्द प्रयोग गर्न थाले । हामीले भन्यौं- यो यो ''जात'' या त्यसबाट बनाइएको ''जातीय'' भन्ने शब्द आदिवासीहरूको शब्दकोषमा छैन, यो वर्णाश्रम व्यवस्थाबाट आएको शब्द हो, यो शब्द आफै त्रूटिपूर्ण छ, 'जातीय' शब्दलाई अग्रेजीमा ल्बतष्यलबष्तिथ भनिन्छ, त्यसको भावार्थ 'राष्ट्रियता' हुन्छ । लिम्बुवानको ऐतिहासिक राष्ट्रियताको आधारमा हामीले लिम्बुवान स्वायत्त राज्य खोजेका छौं भनेर हामीले तर्क राखेपछि फेरि ती एकात्मकवादीहरूले 'एकल जातीय' भन्ने शब्द प्रयोग गर्न थाले ।
यसरी हाम्रो दह्रो, ऐतिहासिक लिम्बुवानी मागलाई कमजोर बनाउन एकात्मकवादीहरू नयाँ नयाँ शब्दहरू खोजेर हामीमाथि प्रहार गरिरहेका छन् । खासगरी, संविधानसभा विघटनको छेउछाउ तिनीहरूले यस्ता अनेक शब्दहरू बनाए जसले हाम्रो मुद्दालाई कमजोर गर्न सकियोस् । तर, हामी दृढताका साथ भन्छौ- हामीले एकल जातीय लिम्बुवान खोजेको होइनौं, हामीले सह-अस्तित्वको आधारमा/ऐतिहासिक पृष्ठभूमिको आधारमा/ऐतिहासिक लिम्बुवानी राष्ट्रियताको आधारमा लिम्बुवान स्वायत्त राज्य खोजेका हौँ ।
एकात्मकवादीहरूले हाम्रो आन्दोलनलाई दिग्भ्रमित पार्न जस्तोसुकै शब्दजालहरू रचे पनि ती जाली शब्दहरूलाई परास्त गर्न हाम्रो लिम्बुवानी कलमहरू पनि उत्तिकै शक्तिशाली रहेको तथ्य चुनौतीका साथ र्सार्वजनिक गर्न चाहन्छौं ।

. संविधानसभा विघटनपछिका दृश्यहरू/तीव्र ध्रुवीकरणः

संविधानसभा गठन भएदेखि नै यसको विघटनमा भित्रभित्रै योजना बुनिरहेका एमाले-कांग्रेसहरूहरू जेष्ठ १४ को छेउछाउमा अति खुशी थिए किनकि उनीहरूको योजना सफल हुन आँटेकोमा । तर, प्रधानमन्त्रीले मंसिर ७ गते संविधानसभाको नयाँ चुनाव घोषणा गरेपछि यिनीहरूको होस् हवास, सातोपुत्लो उडेको छ ।
संविधानसभाको विघटन भएको छ, त्यो एउटा दुःखद पक्ष त छँदैछ । तर, यो ४ वर्षो अवधिमा नेपाली जनताले ४ सय वर्षा पाउने शिक्षा र चेतना पाएका छन् । लिम्बुवान, तमुवान नचाहने वास्तविक पार्टीहरू त एमाले-कांग्रेस नै रहेछन् र लिम्बुवान, तमुवान भन्दै जनताको सेन्टिमेन्ट आफूतिर खिचिरहने तर निर्णयार्थ नलाने पार्टी एमाओवादी नै रहेछ भनेर प्रष्ट त भयो । एमाले, कांग्रेसले मुक्तिको झूठो आश्वासन दिएर वर्षौंदेखि आदिवासीहरूलाई कलेजोमा धारिलो छुरी प्रहार गरिरहेको रहेछ भनी स्पष्ट त भयो नि ! एमाले, कांग्रेस, एमाओवादीहरू पार्टीहरूभित्र रहेका संघीयवादी, आदिवासी, उत्पीडित जातिहरूको मन-मस्तिष्कमा ००७ सालदेखि यी पार्टीहरूले बिछ्याएको इन्द्रजाल त कम्तीमा च्यातचुत् भयो । एमाले, कांग्रेसजस्ता जालीझेली पार्टीहरू ध्वस्त नभइञ्जेल नेपाली जनताहरूको मुक्ति नहुने रहेछ भनेर पनि त प्रष्ट भयो । नेपाली जनताहरूको मन-मस्तिष्कमा जागेको यो चेतना र जनताहरूले ४ वर्षे अवधिमा प्राप्त गरेको यो शिक्षा अमूल्य छ । यो चेतना र शिक्षालाई  संसारको कुनै धन दौलतसंग दाज्न मिल्दैन् । नेपाली जनताले प्राप्त गरेको यो चेतना र शिक्षाको जगमा नै अब वास्तविक नयाँ नेपालको जग ठडिने छ ।
जेष्ठ १४ गतेको १२:०० बजेपछि तत्कालै एमाले-कांग्रेसलाई यी कुराहरू महसुस हुनथाल्यो । ''ठूलो षडयन्त्र गरेर संविधानसभा त विघटन गरियो तर आफूहरू पनि त नाङ्गै भइयो' । अब एमाले, कांग्रेस पार्टीहरू पनि त सग्लो त नरहने नै भयो । जसरी, एमाले-कांग्रेसलाई सबै जात/जाति/सबै क्षेत्रको साझा/राष्ट्रिय पार्टी भनेर भ्रम् र्छन सफल भइएको थियो, अब त्यो त नहुने भयो । विस्तारै एमाले, कांग्रेस पार्टी एउटा वर्ग र एउटा जातको पार्टीमा रुपान्तरित हुने भयो । जसरी ०४६ साल पछि नेपाली जनताहरूले पञ्चहरूलाई दण्ड दिए अब त्यस्तै दण्ड एमाले, कांग्रेसलाई पनि दिनेछन् किनकि कतिपय राजनीतिक सवालमा नेपाली जनता धेरै निर्दयी छन् ।'' यही चिन्ताले एमाले-कांग्रेसको निंद्रा उडेको छ ।
त्यसैले, एमाले र कांग्रेसले कहिल्यै नाम नसुनेको नाम मात्रको पार्टीहरूसंग गठबन्धन गरी २७ दलीय संघीय पहिचान विरोधी गठबन्धन बनाएका छन् । तिनीहरू कहिल्यै संविधानसभालाई पुनः ब्युताउने, कहिले संसदको चुनाव गर्ने, कहिले सरकारले राजीनामा दिनुपर्ने भन्दै बर्बरार्इ रहेका छन् । तिनीहरूले २६ गते खुल्ला मञ्चमा गरेको विरोध सभा र अन्य ठाउँको सभाहरूमा जनताको सहभागिता अति न्यून छ । तिनीहरू क्रमशः तिरस्कृत हुँदै जाँदैछन् । त्यही पार्टीभित्र रहेका पहिचान पक्षधरहरू एक भएर तिनै पार्टीका बैठक, सभा बहिष्कार गरिरहेका छन् । फटाहाहरू एकातिर र पहिचान पक्षधरहरू एकातिर भई तीब्र ध्रुवीकरण चलिरहेको छ ।
संविधानसभा विघटनले पहिचान पक्षधरहरूलाई दुःखित बनाए पनि अहिले चलिरहेको ध्रुवीकरणले पहिचानवादीहरूलाई ठूलो उत्साह थपेको छ ।

. (क) मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको बाटोः

यस परिषदले संविधानसभाको दोस्रो चुनाव होला, लिम्बुवान, तमुवानजस्तो मध्यममार्गीय मागहरूप्रति एमाले, कांग्रेसले यतिसारो विरोध गर्ला भनेर कहिल्यै सोचेको थिएन । किनकि, ०६४ फाल्गुन १८ गते बालुवाटारमा राज्यसंग ५ बुँदे सहमति गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ठूलै प्रीतिभोजको आयोजना गरेका थिए । उक्त प्रीतिभोज निक्कै भव्य थियो । पत्रकारहरूले प्रधानमन्त्रीलाई सोधेका पनि थिए 'तपाईंले यो सहमतिलाइ किन यत्रो महत्व दिनु भएको- के यी संगठनहरू साँच्चीकै शक्तिशाली छन्? 'उत्तरमा जी.पी.ले भनेका थिए- 'अरु मलाई थाहा छैन, तर लिम्बुवानचाहिँ नेपालको सन्दर्भमा एउटा शक्ति नै हो ।' जी.पी.ले परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' संग खुद भनेका थिए- 'अध्यक्ष जी, मेरो शरीरलाई आधा चिर्ने हो भने आधा भाग लिम्बुवान छ, मतलव मैले लिम्बुवानी साथीहरूसंग त्यति लामो सहकार्य गरेको छु ।' त्यसबेलाका शान्तिवार्ता मन्त्री रामचन्द्र पौडेलले भनेका थिए- 'तरार्इमा मधेश हुन्छ भने लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरुहट हुन्छ । ल्याउनुस् म सही गर्छु' भन्दै सहमतिमा सही गरेका थिए ।
हामीहरूलाई यी सबै पृष्ठभूमि थाहा भएको हुनाले एमाले, कांग्रेसले त्यति धेरै लिम्बुवानको विरोध गर्छन् जस्तो लागेकै थिएन । किनभने अहिलेको लिम्बुवान आन्दोलन त धेरै सरल छ नि ! अरुण पूर्व नौ जिल्लाको नाम ऐतिहासिक आधारमा लिम्बुवान राख्ने अनि त्यहाँ सबै मिलेर बस्ने ।
तर, एमाले र कांग्रेसले न्वारानदेखिको बल निकालेर लिम्बुवानको विरोध गरे । लिम्बुवान हुनुभन्दा त वरु आफ्नो पार्टी नै नरहोस्, देश नै नरहोस् भन्नेसम्म पुगे ।
सर्वोच्चले संविधानसभाको म्याद तोक्दा हामीले असहमति जनाएकै थियौं । तर सर्वोच्चले म्याद तोकेरै छोड्यो, म्याद मात्र तोक्ने, पुनरावलोकन निवेदन दर्ता गर्नै मानेन, तीनवटा विकल्प दियो- ताजा जनादेश, जनमत संग्रह वा अरु कुनै उपाय । संविधानसभामा सहमति पनि नबन्ने, भोटिङमा जान पनि नमान्ने, अर्कोतिर जेष्ठ १४ भन्दा म्याद बढाउन पनि नपाउने भनेर सर्वोच्च बोल्ने भएपछि संविधानसभा विघटन त स्वयम्सिद्ध नै हुने भयो । अहिलेका प्रधानमन्त्रीप्रति हाम्रो कुनै लेनदेन छैन, उनले गरेका विपा सन्धिको हामीले खुलेर विरोध गरेका छौं तर उनले घोषणा गरेको मंसिर ७ गतेको नयाँ चुनाव सर्वोच्चको आदेश बमोजिम नै देखिन्छ ।
अन्तरिम संविधानमा दोस्रो संविधानसभाको चुनावको व्यवस्था छैन भनेर पनि एकात्मकवादीहरू चिच्चाइरहेका छन् । तर त्यो व्यवस्था लेखिएको छैन भने सर्वोच्चले किन ताजा जनादेश भनेर फैसला गर्‍यो त - त्यसबेला सर्वोच्चको फैसला महान छ भनेर किन एकात्मकवादीहरूले ताली पिटे त ! अनि, अहिले उनीहरूको पार्टी फुट्ने भएपछि वा उनीहरूले चुनाव नजित्ने भएपछि दोस्रो संविधानसभाको चुनावको विरोध गर्नु पाईन्छ त - पाइँदैन । यस्ता षडयन्त्रकारी कुराहरूले देशमा गृहयुद्ध निम्ताउँछ ।
त्यसैले, यस परिषदको अबको स्पष्ट बाटो भनेको संविधानसभाको ताजा जनादेशमा जानु नै हो । हुन त, हाम्रो मुख्य माग संघीय गणतान्त्रिक नेपालमा नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य नै हो । यो माग पूरा हुन सक्ने विभिन्न राजनैतिक र प्रगतिशील बाटोहरूको बारेमा हामी छलफल गर्न सक्छौं, बहसमा बस्न सक्छौं । हामीले माथि भन्यौं- संविधानसभाको दोस्रो चुनाव त हामीले कल्पना पनि गरेका थिएनौं । तर के गर्ने, एमाले-कांग्रेसको षडयन्त्रको शृङ्खलाहरूले अन्ततः संविधानसभाको दोस्रो चुनावसम्म देशलाई पुर्‍याएको छ । सहमतिका सबै बाटोहरू बन्द गरी दिएपछि हामीजस्तो लोकतन्त्रमा विश्वास गर्ने संगठनले ताजा जनादेशकै वकालत गर्दछ ।
त्यसैले, अब यस परिषदले ताजा जनादेशलाई नै आफ्नो गन्तव्य बनाउने छ । साथै, बाटोमा जादै गर्दा छेउछाउमा कस्तो राजनैतिक घटनाक्रम्हरू विकसित हुनेछ ती घटनाक्रमहरूउपर कडा नजर पनि राख्नेछ ।
(ख) अहिलेको ध्रुवीकरणमा यस परिषदको भूमिकाः
जसरी अहिले विभिन्न एकात्मकवादी पार्टीहरूभित्र पहिचानवादी र पहिचान विरोधीहरूबीचमा ध्रुवीकरण भइरहेको छ, यो ध्रुवीकरणलाई यस परिषद सकारात्मक ठान्दछ् । असल-असल तिर र खराब-खराब तिर ध्रुवीकरण हुन नसकेर नै दशकौदेखि नेपाल विभिन्न पीडाहरू सहन बाध्य छ । ध्रुवीकरण हुनैपर्छ- संघीयवादी एकातिर र संघीय विरोधी अर्कोतिर हुनैपर्छ ।
कांग्रेस र एमालेमा यो देशका आदिवासीहरूको ठूलो लगानी परिश्रम, पसिना छ । त्यसैले, ती पार्टीहरूबाट पहिचानवादी आदिवासीहरू लुसुक्क निस्कने होइन धक्का दिएर निस्कनु पर्छ । धक्का दिनु भनेको ती पार्टीहरूलाई फोड्नु पर्छ । एमाले कांग्रेसहरू फुट्यो है भन्ने सन्देश दिनैपर्छ । यदि यो सन्देश दिन सकियो भने मात्र तिनीहरूले वास्तविक दण्ड भोग्नेछन् ।
यदि ती पार्टीहरू आदिवासीहरू लुसुक्कै कुनै ठाउँमा पसे भने एमाले कांग्रेसहरू भुक्न थाल्नेछन्- भगौडाहरू, पलायनवादीहरू पार्टी छोडेर गए भनेर । त्यसैले, ती पार्टीभित्रका आदिवासीहरूले एमाले कांग्रेस फुटेको सन्देश दिने गरी अघि बढ्नु पर्दछ । एमाले, कांग्रेस पार्टीहरू ध्वस्त भएको दिन यहाँ स्वतः लिम्बुवान, खम्बुवान राज्यहरू स्थापित हुनेरहेछ ।
यसरी विभिन्न पार्टीहरूबाट अलग भएका पहिचानवादीहरूको साझा मोर्चा बन्द । उक्त मोर्चा आन्दोलन र चुनावमा सङ्गै अघि बढ्छ । त्यसैले, पहिचानवादीहरूको ध्रुवीकरणमा यस परिषदको भूमिका सधैँ सृजनात्मक र सकारात्मक हुनेछ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको निरन्तरको संघर्ष, संघीय गणतन्त्र र लिम्बुवानप्रतिको त्याग र परिश्रम देखेर धेरै लिम्बुवानवासी व्यक्ति/व्यक्तित्वहरू प्रभावित हुनुभएको छ । इमान्दार व्यक्ति, व्यक्तित्व, जनसमुदायहरूलाई स्वागत गर्न यस परिषद संधै तयार रहनेछ ।
(ग) जेष्ठ १४ भन्दा पहिलेका मोर्चावन्दीहरूप्रति परिषदको दृष्टिकोणः
लिम्बुवान आन्दोलन निरन्तर अघि बढिरहेका हुनाले मोर्चावन्दीहरूको आवश्यकता छ । संयुक्त लिम्बुवान मोर्चामार्फ् लिम्बुवानको साझा संविधान तयार गरी सकिएको छ । त्यस साझा संविधानलाई लागू गराउन सबै घटकहरूबीचमा राम्रै समायोजन हुन सकोस् भन्ने यस परिषदको चाहना छ । संघीयता कार्यान्वयन लिम्बुवान सङ्र्घष्ा समितिको पनि ठूलो महत्व छ । पहिलो मोर्चाले लिम्बुवानको साझा खाका निर्माणका साझा अवधारणाहरू विकास गर्न सहयोग गर्छ । दोस्रो, संघर्ष समितिले सडक प्रदर्शन र आन्दोलनहरूलाई उर्जा थप्छ । एमाओवादीको फरक मतपक्षको साथीहरूसंगको मोर्चावन्दी जनआन्दोलन समिति पनि कायमै छ । तर, त्यस समूहको साथीहरूले संविधानसभाको ताजा जनादेश सम्बन्धी दिएको अभिव्यक्ति र परिषदको लाइन मिलिरहेको छैन तर बसेर आ-आफ्नो बुझाईहरू स्पष्ट पार्ने कार्य पनि हुन सकेको छैन । मोर्चावन्दी भनेको खुकुलो बुझाई हो । बुझाईहरू मिलिञ्जेल वा मिल्ने मुद्दाहरूमा सगै जाने हो । कुनै बुझाईमा कुरा मिलेन भने अब हाम्रो कुरा मिलेन मोर्चावन्दी तोडौं पनि भन्न सकिन्छ वा यो मुद्दामा कुरा मिलेन यसमा आ-आफ्नै तरिकाले जाऊँ र अर्को मुद्दा मिल्ने विषयमासंगै जाऊँ पनि भन्न सकिन्छ । यसरी नै जोष्ठ ७, ८ र ९ को ऐतिहासिक नेपालवन्द गर्ने र १३,१४ गते संविधानसभा घेराऊ गर्ने आदिवासी जनजाती संयुक्त संघर्ष समितिमा पनि यस परिषद प्रमुख घटकको रुपमा रहेको छ । अझै धेरै कार्यहरू गर्नु बाँकी रहेकोले यस मोर्चामा पनि हाम्रो परिषद निरन्तर रहनेछ ।

. आन्दोलन/चुनाव/आफ्नै संविधान घोषणाको तयारीः

(क) अहिलेको परिस्थितिमा आन्दोलन नै र्सवमान्य बाटो हो । चुनाव पनि आन्दोलनको एउटा स्वरुप मात्र हो । चुनाव नै अन्तिम विकल्प हो भनेर कहिल्यै सोच्नु हुँदैन । यो परिषद आन्दोलनको बीचबाट जन्मिएको हुनाले आन्दोलनको विभिन्न स्वरुप बारे हामी सबै जानकार छौं र थप आन्दोलन गर्न र नयाँ-नयाँ आन्दोलनहरू सृजना गर्न सक्षम छौं ।
i) संविधानसभा विघटन गर्न खलनायकको भूमिका खेल्ने पार्टीहरूको कालो कर्तुतलाई नाङ्गेझार पार्न लिम्बुवानको सबै जिल्ला, थुम, गा.वि.स., गाउँ/नगर, टोलसम्म र उपत्यका एवं विदेशमा गरी १,००० वटा 'भण्डाफोर सभा' आयोजना गर्ने ।
ii) लिम्बुवानको नारा र खलनायकहरूको भण्डाफोर गरिएको नाराहरू सशक्तताका साथ वालिङ/पोस्टिङ गर्ने ।
iii) लिम्बुवान विरोधीहरूलाई कालो झण्डा देखाउने, कालो झण्डा गाड्ने र लिम्बुवानको आफ्नै झण्डा पनि गाड्ने ।
iv) टाइमटेवल मिलाएर हड्ताल, राँके जुलुश, ज्ञापनपत्र पेश, चक्काजाम, सरकारी कार्यालय बन्द, एकात्मक पार्टीहरूलाई प्रतिरोध गर्ने कार्यक्रमहरू ल्याउने ।
v) लिम्बुवानभित्रै पनि विभिन्न समुदायहरूसंग वार्ता, बहस र छलफलको कमी भएको महसुस गर्दै आगामी दिनमा आन्दोलनको स्तरमा वार्ता, बहस र छलफललाई अघि बढाउने ।
vi) भोलि लिम्बुवान आन्दोलन चर्केर जाँदा ६ महिनासम्म पनि बन्द गर्न सकिने नाकाहरू हेर्ने  र त्यसलाई रेड जोन घोषणा गरी त्यसको सुरक्षाको लागि तयार गर्ने ।
(ख) चुनावको तयारीः
i) भदौ १५ गतेसम्ममा लिम्बुवानको सबै गा.वि.स./नगर/वडा/टोलसम्म संगठन विस्तार एवं चुनाव परिचालन समिति/बुथ समिति निर्माण गरिसक्ने ।
ii) प्रत्येक निर्वाचन क्षेत्रमा हाम्रो कति मत छ र मत बढाउन के गर्नु पर्छ भनी भदौ १५ गतेभित्र निर्वाचन क्षेत्रले जिल्लालाई र जिल्लाले केन्द्रमा रिपोर्ट बुझाउने ।
साथै, उक्त निर्वाचन क्षेत्रमा विपक्षीहरूको स्थितिबारे पनि रिपोर्टमा उल्लेख गर्ने ।
iii) आजैदेखि मञ्च सम्बद्ध स.लि.रा.प.का सबै तहका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक, मतदाता, आम जनसमुदायहरूले फोटोसहितको मतदाता नामावली भर्ने । जिल्ला सदरमुकाममा यो व्यवस्था छ र निर्वाचन आयोगसंग सहकार्य गरी क्षेत्र, गाउँमा पनि लान पहल गर्ने ।
iv) जिल्लाको कुन/कुन ठाउँमा ठूला आमसभाहरू, कुन ठाउँमा सानो आमसभाहरू गर्न सकिन्छ अहिलेदेखि नै योजना बनाउने ।
v) प्रत्येक गाउँको निर्वाचन समितिहरूले अहिलेदेखि अन्नहरू संकलन गरेर जम्मा गरी राख्ने । साउण्ड सेटिङहरू अहिलेदेखि नै जोहो गर्ने ।
() आफ्नै संविधान घोषणाको तयारीः
अहिले एमाले, कांग्रेसहरूले जुन नीतिले देशमा अस्थिरता बढ्ने र गृहयुद्ध हुनसक्ने खतरा छ । वा, यिनीहरूले लामो समय अलमलाएर लिम्बुवानलाई थकाउने/गलाउने रणनीति पनि लिएका हुन सक्छन् । संविधानसभामा भोटिङ गर्न पनि नदिने नयाँ चुनाव पनि हुन नदिने भनेपछि यो अलमलाउने मेलो नै हो । यसरी, लामो समय अलमलाउने नीति लिए भने लिम्बुवान लगायत सबै स्वायत्तता राज्यका आन्दोलनकारी शक्तिहरूले आ-आफ्नो संविधान घोषणा गरेर अघि बढ्नुपर्छ ।
      आफ्नो संविधान घोषणा गर्ने योजना मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अलिकति पनि छोडेको छैन । यो छोड्ने कुरै होइन । यो हाम्रो प्रमुख कार्यक्रम हो भन्ने सोचेर तयारीहरू गरिनुपर्दछ । आफ्नो संविधान घोषणा गरेर त्यसलाई लागू गर्न सशक्त जनबलको खाँचो हुन्छ, त्यो जनबल निर्माणमा लग्नुपर्छ ।

(६) परिषदलाई संस्थागत गर्ने अभियान अन्तर्गत:

परिषदको दर्शन (Philosophy), चरित्र (Character) र संगठनमा अझ सुधार गर्नेबारे ।
मञ्च सम्बद्ध संलिरापलाई संस्थागत गने बारे हामीबीच थुप्रै छलफलहरू भइसकेको छ । संस्थागतको पनि दुईवटा पक्षहरू हुन्छन्ः दार्शनिक/सांगठानिक र भौतिक पक्ष ।
(क) परिषदको दर्शन (Philosophy) बारेः
लेटाङको ऐतिहासिक प्रशिक्षणले हामी संघीय सह-अस्तित्वाद, संघीय सामुदायिक समाजवाद र संघीय इको-इकोनोमीको पक्षपाति हौँ भन्ने घोषणा भएको छ ।
यदि वर्गहरू सिध्धिए पनि यहाँ भाषा/समुदायगत अस्तित्वहरू बाँकी नै रहन्छन्, तिनीहरूबीच फेरि द्वन्द्व हुन सक्छ । त्यसैले अहिलेदेखि नै ती सबै अस्तित्वहरूलाई स्वीकारेर राज्य संरचनामा तालमेल मिलाएर अघि बढियो भने स्थायी शान्ति हुन्छ भन्ने सोच नै संघीय सह-अस्तित्ववाद हो ।
लेटाङ प्रशिक्षणका पुस्तिकाहरूमा व्यक्त विचारप्रति परिषदका सबै नेताहरूले आ-आफ्नो राय/सुझाव राखेर २ महिनाभित्र लिम्बुवान र काठमाडौंमा बौद्धिकहरूको भेला गरी बहस चलाई अन्तिम रुप दिनुपर्दछ ।
(ख) चरित्र/स्वभावः
पार्टीका कार्यकर्ताहरूको चरित्र/स्वभावले पनि त्यो पार्टीले हाँकेको आन्दोलनमा ठूलो असर पर्दछ । परिषदका नेता/कार्यकर्ताहरू सृजनात्मक आक्रमक हुनुपर्‍यो । खासगरी माथिल्लो स्तरका नेताहरूले यो स्वभाव प्रस्तुत गर्नुपर्‍यो । त्यहाँ कार्यक्रम आयोजना गर्छन् होला अनि मलाई अतिथि बोलाउँछन् होला र म गएर भाषण गर्छु भन्ने पुरानो सोच र स्वभावले हामी एकात्मकवादीहरूलाई जित्न सक्दैनौं । त्यहाँ माहोल छैन भने माथिल्लो तहको नेता गएर माहोल निर्माण गर्न सक्नुपर्दछ, वास्तवमा रियल नेता त्यही हो ।
तर अझै पनि, हामीभित्र परम्परागत सोच नै पाइन्छ । राम्रो रिजल्ट ल्याउने हो भने सबै नेताहरू दह्रोगरी लग्नुपर्दछ । 'टाइम पास' जस्तो मात्र सोच्यौं भने हामी फेरि एकात्मकवादीहरूजस्तै हुन्छौं । जस्तोसुकै अवस्थामा पनि पार्टी नछोड्ने तर कट्टरभएर एक्लै बसिरहने चलन पनि छ तर आजको युगले चाहेको छ- आफू पनि लाग्ने र अरुहरूलाई पनि लगाउन सक्ने । किनकि, समय छिटो/छिटो परिवर्तन भइरहेको छ । युवापुस्ताको चाहनाहरू परिवर्तन भइरहेका छन् । त्यसैले, हामीले दह्रोगरी खटेर भरसक छिट्टै उपलब्धिहरू देखाउन सक्नुपर्छ ।
आशा गरौं, यो मिटिङदेखि हाम्रा सबै नेता/कार्यकर्ताहरूमा सृजनात्मक आक्रमक स्वभाव विकसित होस् ।
(ग) संगठन सुदृढीकरण बारेः
i) विभिन्न कारणले परिषदको सचिवालयको केही पदहरू रिक्त रहन गएको छ । उक्त रिक्तता Continue.....

No comments:

Post a Comment