छबी सुब्बा सम्बाहाम्फे :-
मधेसीहरुको बल लिएर मधेसी अधिकारका लागि लड्ने भए प्रचण्ड । भ्रष्टाचारले सबैभन्दा दरो जरा गाडेको मधेसमा प्रचण्डको आकर्षण ह्वात्तै बढ्यो । पद र पैसाको लागि जस्तोसुकै हर्कत गर्ने मधेसी नेताहरुले विगतमा देखाएको चरित्र र व्यबहारहरु शायद शोषित पीडित मधेसीहरुका लागि सूल बन्यो । उत्पीडनको लामो फेहरिस्ता गुजारेका ती मधेसीहरुले आफ्नो भाग्य र भविष्य निर्माण गर्न स्वार्थ त्यागेर लाग्ने इमान्दार नेता पाउन सकेनन । सदासदा भारतीयहरुको ईशारामा नाचेर आफ्नो स्वार्थसिद्द गर्नेहरुको दवदवाले मधेसीहरुको उत्पीडन ज्यूँका त्यू रह्यो । बिकासका सूचकहरु हेर्दा हिमाल, पहाडभन्दा धेरै गुणाले मधेसमा निर्माण कार्यहरु भएका छन । तर त्यसको उपभोगताको सूची हेर्योभने पाहाडीया बाहुनहरुकै अत्याधिक वर्चश्वमा छ । २०६३को मधेस आन्दोलनले धेरै ठाउँबाट पाहाडे बाहुनहरुलाई लखेटे पनि हालसम्म प्रशासनिक वर्चश्व बाहुनहरुकै छ मधेसमा । प्रचण्डले कुन मधेसीहरुको अधिकार स्थापना गर्न मधेसमा आफ्नो भूमिका आवश्यक परेको ठानेका हुन ? कृषिको लागि उत्तम थलोकोरुपमा रहेको मधेसबाट बिस्थापित भएका पाहाडीया बाहुनहरुलाई पुन:स्थापित नगरेसम्म मधेस बन्दैन, मधेस नबनेसम्म माओवादी बलियो हुँदैन भन्ने रणनीतिक उपयोगीताको अद्रिष्य एजेण्डा त होइन प्रचण्डको मधेस मोह? यी सबै सम्भावनालाई हेक्का राखेर मधेसमा प्रचण्डको आशक्तिबारे विष्लेषण गर्नु जरुरी छ । किनभने धोकाधडी धेरै भैसक्यो ।
No comments:
Post a Comment