Thursday, April 17, 2014

भट्टराईले दन्दकालिन मुद्धा व्यूँताएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको आरोप लगाए!


काठमाडौ, वैशाख ३ - गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा दायर गरिएको विरोधमा एमाओवादीले आज संसद वैठक अवरुद्ध पारेको छ । एमाओवादी सभासद्ले आआफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले एक घण्टाका लागि वैठक स्थगित गरेका हुन् । एमाओवादीको विरोधका कारण ऊ आफैंले माग गर्दै आएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता हुन पाएन । आज कानुनमन्त्री नरहरी आचार्यले आयोगको विधेयक संसद्मा दर्ता गराउने कार्यक्रम थियो । वैठक सुरु भएलगत्तै संसदमा बौल्दै एमाओवादी नेता बाबुराम भट्टराईले दन्दकालिन मुद्धा व्यूँताएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको आरोप लगाए । उनले चैत ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको वैठकमा सत्यनिरुपण आयोग नबनुन्जेल दन्दकालको घटनामा मुद्दा नचलाउने सहमति भएको खुलासा गरे ।'कांग्रेस र एमालेले पनि मुद्दा नचलाउने बिषयमा सहमति जनाएका थिए', भट्टराईले भने,'प्रधानमन्त्री कोइरालाले किन एक पक्षीय ढंगबाट दन्दकालको घटनामा मुद्दा चलाउने निर्णय गर्नुभयो ?'भट्टराईले आयोग बन्ने बेलामा दन्दकालको घटना उद्धालेर मुद्दा चलाएको अरोप लगाए । 'तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग अन्तरंग कुराकानी हुँदा उहाँले आफ्नै वरपरका मान्छेले शान्ति प्रक्रिया भाँड्न खोजेको गुनासो गर्नुहुन्थ्यो', भट्टराईले भने,'कतै गिरिजाप्रसादले इंकित गरेका व्यक्ति अहिलेको प्रधानममन्त्री सुशील कोइराला त होइनन् ?' भट्टराईको भाषण सकिने बित्तिकै एमाओवादी सभासद्हरु आआफ्नो स्थानबाट उठेर मुद्दा चलाइएकोमा विरोध जनाएका थिए । चितवन प्रहरीले गोरखा फुजेलका अधिकारीको हत्या आरोपमा १३ जनाविरुद्ध अदालतमा आईतबार अभियोग पत्र दर्ता गरेको थियो । १३ मध्ये दुई जना प्रहरी हिरासतमा छन् । दुवैको अदालतले वयान लिन सुरु गरिसकेको छ । मुद्दा चलाइएको विरोधमा एमाओवादीले देशभर प्रदर्शन गर्ने र संसद् वैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो । एमाओवादीले संसद् वैठक अवरुद्ध गरेको यो तेस्रो पटक हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्दा संसद अवरुद्ध पारेको एमाओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक पेश गर्न ढिलाई गरेको भन्दै दोस्रो पटक संसद वैठक अवरुद्ध पारेको थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि आंशिक रुपमा फिर्ता लिएपछि संसद वैठकमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले संसद अवरुद्ध नपार्ने प्रतिबद्धता जनाएका थिए । दाहालले सरकारलाई पनि संसद अवरुद्ध गर्ने वातावरण नबनाउन आग्रह गरेका थिए ।
प्रकाशित मिति: २०७१ वैशाख ३ १२:४३

No comments:

Post a Comment