प्रदीप
धरान, वैशाख ११ - संविधानसभाका
सभामुख सुवास नेम्बाङ्ले धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्र र पहिचान सहितको संघीयताबाट पछाडि हट्न नसकिने अवस्थाको आधार तयार भई सकेको बताएका छन् । किरात याक्थुङ चुम्लुङद्वारा बिहीबार धरानमा आयोजित तीनदिने प्रथम अन्तर्राष्ट्रिय लिम्बु सम्मेलनको उद्घाटन गर्दै सभामुख नेम्बाङले उक्त कुरा बताएका हुन् । उनले धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्र र पहिचान
सहितको संघीयताकालागि यसअघिको संविधानसभाले गरेका कामहरुको स्वामित्वलिने प्रतिवद्धता दलहरुले जनाइ सकेकाले अब पछाडि र्फकन नसकिने बताए । उनले किरात याक्थुङ चुम्लुङ लगायत लिम्बुवानजन्य राजनीतिक दल र अन्यदलहरुले उठाएका लिम्बुवान स्वायत्तता मुलुकै विषय वस्तु भएको बताए । उनले भने, 'यसलाई समुदायमा केन्दि्रत नगरी सबै समुदायको चासोको विषयवस्तु बनाउन चुम्लुङले काम गरेको छ ।' उनले लिम्बुवान स्वायत्तता एक जाति लिम्बूकालागि मात्र हुन नसक्ने बताए । उनले स्थानीय भाषा आयोग बनाएर संघीयतामा त्यसैलाई कामकाजी भाषाको रुपमा चलाउन सकिने आधार तयार पनि भइरहेको बताए । त्यसकालागि सकारात्मक दवावको आवश्यकता रहेको उनले बताए ।
उनले एक अर्को प्रसंगमा संविधानसभाले मनोनित गर्नु पर्ने २६ जना सदस्यको विषयमा अझै अलमलिरहेको अवस्था रहेको बताए । उनले भने, 'गएको चुनावमा प्रत्यक्ष र समानुपातिकमा अटाउन नसकेकाहरुलाई सहमतिको आधारमा चयन गर्न सकिने आधार तयार गरिदै छ । यस विषयमा प्रधानमन्त्रीसाग पनि मैले छलफल गरिसकेकेा छु ।' सम्मेलनमा नेपालबाहिर जनसंख्यामा स्थायीबसोबास गरिरहेका भारतको सिक्किम, दार्जिलिङ, म्यानमार, थाइल्याण्डलगायत ३५ मुलुकमाछरिएर रहेका लिम्बु जातिको प्रज्ञिकक्षेत्रकाबुद्धिजिविविदेश चुम्लुङका ३ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । चुम्लुङ महासचिवलिला सिंगकले सम्मेलनको उदेश्यको बारेमाचुम्लुङ महासचिवलीला सिंगकले लिम्बु आदिवासीको भाषा, लिपि, धर्म, कला, साहित्य, संस्कृति, इतिहासको संरक्षण, संवर्द्धन, विकास र अधिकार प्राप्तिको लागिविश्वभरछरिएर रहेका लिम्बु जातिको साझाएकताको आधार तयार गर्न अन्तराष्ट्रीय सम्मेलन गरिएको बताइन् । उनले विभिन्नकालखण्डमा नेपालबाटै दुइसयबर्ष अघिदेखि बसाई सराई, पहिलो र दोश्रो विश्वयुद्धआदिका कारणलिम्बुहरु विश्वव्यापी रुपमा फैलिएकाले ती सवैको पहिचान र प्रतिष्ठालाई साझा रुपमा स्थापितगर्न सम्मेलनबाटनयाआधार तयार गर्ने बताइन् । चुम्लुङ अध्यक्ष उत्तमसिं थाङ्दे्नको सभापत्विमाचल्ने सम्मेलन अवधि भर संघीयतापहिचान, प्रतिष्ठान र आत्मसम्मानको विषयलाई जोडेर लिम्बुजातिको कला, संस्कृति, प्राचीनज्ञान, मुन्धुम, धर्म, संस्कार, राजानितिमाआधारित डेढ
दर्जन कार्यपत्रहरु प्रस्तुतहुने छन् । ती कार्यपत्रको सहजी करण पूर्वकुलपति तीलविक्रम नेम्बाङले गर्ने छन् ।




No comments:
Post a Comment