Thursday, October 17, 2013

दोहामा स्वरकी धनी "समला राई"

समला राइ  आफ्नै गीति एलबमको "समलको" तालमा गीत गएर दर्शक लाइ नचौदै 
"मिङ्सो सुहाङ"
दोहा,अक्टुबर १५- पछिल्लो चरणमा "समला" लगायतका गिती एलबमबाट चर्चामा आउन थालेकी अपाङ्ग(एउटा खुट्टा) खोटाङ निवासी समला राई बकर ईद र हिन्दुधर्मवलम्बीहरुको महान तथा चाड विजया दशमीको उपलक्षमा शुभकामनातथा स्वर बाढ्न कतार आई पुगेकी छिन।
खोटाङ घर भएकी  समला गरीब परिवारमा जन्मेकी हुन। गरीबीबाट मुक्त हुने सपनाको ठुलो ढाकर बोकेर भाग्य खोज्दै काठमाण्डौ छिरेकी समलाबारे काठमान्डौका अतितहरु दयनिय र भावपुर्ण छन। उनलाई नजिकबाट बुझ्नेहरु भन्छन: शान्त स्वभावकी समला कुनै दिन काठमान्डौमा एक पेट भर्न र आफ्नो परिवारको जिवीका चलाउन अपाङ्ग समलाले काठमाण्डौमा कहिले बालुवा बोकिन त कहिले गिटी कुटीन।एउटा खुट्टा नभएकी अपाङ्ग महिलाले बालुवाको भारी बोक्नुको पिडाका घाउहरु सायद समलालाई मात्र थाहा होला। समयले ठगेकी अपाङ्ग समला आफ्नै ऋण खाएका आफ्नाहरुकोमा ऋण उठाउन जादा धक्का लाएर कोठा बाहिर निकालि दिएको देखी काम नपाउदा भोकभोकै बस्नु परेको बेदनाहरु सम्म गहभरी आँसु लिएर पोख्ने गर्छिन।

समला राइको गितको भाका संगै गहभरि आँशु बल्टुल्छन्  दर्शक हरु. 
समयलाई चुनौती दिदै जिन्दगी सँग मेहेनतले पौठेजोरी खेले समयलाई नै काबुमा ल्याउन सकिन्छ भन्ने उदारणकी पात्र पनि हुन अपाङ्ग समला। दुई छाक भोको पेट भर्न कसैको दैलोमा घिटघिटाउने उनि आज  निरन्तर प्रयास पछि दर्शकको उभार साथ पाएर राष्ट्रिय कलाकार बनेकी समला आफ्नो स्वरका गुच्छाहरुले कतार रङ्गाउन बकर ईदको पहिलो दिन खोटाङ हलेसी सहकारी बचत समूह दुव्ऱा आयोजित तेस्रो प्रस्तुती "बकर ईद सांस्कृतीक साझ २०१३"मा सहभागी भई "समलाको तालमा",  ए लगाउला पिरती" बोलको गित गाएर सबैलाई नचाएकी छिन।


दर्शकहरु समलाको फोटो र भिडियो लिन्दै 
यसरी नै गायीका समलाको साथमा एशिया स्टार अशुसन लामा र सबित्रा खतिवडा नेपालबाट आउनुभएका कलाकारहरुले खोटाङ हलेसी दुव्ऱा आयोजीत सांस्कृतीक कार्यक्रममा मनोरन्जन दिनुभएको थियो। एशीया स्टार अशुसन लामाले "मेरो आवाज सुन" बोलका गित गाएर माझलाई हृदयबोध बनाई आखाँमा आशु भराई दिनु भएको थियो भने डान्सर सबित्रा खतिवडाले बिभिन्न गितमा डान्स गरेर दर्शकलाई मनोरन्जन बाढ्नु भएको थियो। उहाँहरुलाई भर्पुर्ण साथ कतारका स्थानिय कलाका भानु शर्मा लगायतले दिनु भएको थियो।

उक्त खोटाङ हलेशी दुव्ऱा आयोजीत "बकर ईद सांस्कृतीक साझ २०१३"लाई खोटाङ सेवा समाज,किरात राई यायोख्खा र बथेका कञ्चन बचत समुह संस्थाहरुले बिशेष सहयोग गरेको  थियो। यसै गरी कार्यक्रमको संयोजक उमेश खड्का हुनुहुन्थो भने प्रमुख अतिथी मोहन राई हुनुहुन्थ्यो| कार्यक्रमलाई भौतिक रुपमा सक्रिय भई बिशाल थापा"ओझेल"ले सहयोग गर्नु भएको थियो। सास्कृतीक साँझलाई प्रमुख अथिती मोहन राई, ब्यबस्थापक लाल बहादुर खड्का लगायतले शुभ कामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमा हिरोजाईन होटलमा करीब हजार दर्शक बिच भएको थियो।सांस्कृती कार्यक्रमको संचान सन्दिप र कल्पना गुरुङले गर्नु भएको थियो।
समलाको गायन दर्शको नृत्य 

No comments:

Post a Comment