Mingso Suhang:
संबिधान सभा गठन हुने दिन केहि साता मात्र बाँकी छ। नेपालका कथित मंशीर ४ चुनावी राजनितीक दलहरुले घोषणा पत्र जारी गरेको छैनन। त्यो घोषणा पत्र कहिले मनाङ र डोटी, ताप्लेजुङ र खोटाङका जनतामा पुगेर हामीलाई यस्तो संविधान दिन्छन भनेर जनताले भोट दिने ? जब जनतामा त्यो घोषणा पुग्छ त्यो दिन त सभागठन भई सकेको हुनेछ। घोषणा पत्रमा छलफल र बहस गरेर मतदान गर्ने जनताको लोकतन्त्रिक अधिकार यहिँनेर आएर तुहिएको छ। कस्तो संविधान बनाउने भनेर दलहरु बिच प्रतिबद्धता नआईकनै संविधान बनाउने "सभा" बन्दैछ। यस्तो हचुवाको भरमा कछुवाको ताल लिएर निर्वाचनको बिगुल फुक्नु भन्दा अनौठो के हुन सक्छ होला राष्ट्रिय राजनितीमा ?
यो त उहि गोपाल किरातीले सांस्कृतीक मन्त्री हुदा संघीयतामा ८०० जिल्लाको खाका बनाएर सासंदमा शंसोधन गरौ भन्न मन्त्रीहरुलाई उचालेको भन्दा फरक हुने छैन मतलव गोपाल किरातीले खम्बुवान बनाउछौ भनेर चुनाव जिते आफु मन्त्रीहुदा संघीयतालाई ८०० जिल्ला बनाउने भनेर "गाँउ खाने कथा" बनाए, यो चुनाव पनि यसैको नक्कल हुदैछ।संविधानसभाको निर्वाचन अघी संविधानको लक्ष उदेश्य किटान गरिनु पर्छ तर जनता भोट बैकं/निर्वाचन "माईली दिदिको भट्टी" बनाईन्दैछ।संविधानसभाको निर्वाचन घुमि फिरी भोली बेलुका पुग्ने त्यही "माईली दिदिको भट्टी" पसल नबनोस यस्मा सबै न्याप्रेमी जनताहरु सजक हुन आवश्यक छ।
No comments:
Post a Comment