" लिम्बु भाषा(श्रिजङ्गा लिपी) ६ देखी १२ सम्मको पाठयक्रम निकाल्ने सन्दरभमा दोहाका किरातीहरु चिन्तित।"
=>पुर्ण सुहाङ
कतार, ८ नबेम्बर- बिश्वभरी छरिएर रहेका लिम्बुहरुको एक मात्रै जातीय साझा संस्था "किरात याक्थुम चुमलुङ"को स्थापना ४६ साल ताका भएको हो। यस संस्थाको निरनतरता सँगै हाल यसको केन्द्रिय कार्यलय काठमान्डौमा रहेको छ।यसको शाखा विश्वका धेरै मुलुकमा रहेको छ, त्यस मध्ये किरात याक्थुम चुम्लुङ कतार पनि एक हो।कियाचु कतारको स्थापना २००२ मा केबी चेम्जोङको (सस्थापक) अध्यक्षतामा भएको थियो। कियाचु शाखा दोहा कतारले नेपाली राष्ट्रिय चार्डहरु बिभिन्न समयमा मनाउदै आईरहेको छ।किराती लिम्बुहरुले नेपालीहरुको लोकप्रिय पर्व तिहारलाई आफ्नै भाषामा "बलिहाङ तङनाम" भन्छन। कियाचु दोहा

कतारले ८ नोबेम्बर शुक्रबारका दिन सनैया ५ स्तीथ बिकेसी कम्पनिको प्राङ्गणमा कियाचु दोहा कतारको अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्बुको अध्यक्षतामा नाम्लिङ्केके लारिङ्केके(देउसी)नाच खेलेका छन।बलिहाङ पर्व मनाउने क्रममा बिभिन्न अन्तराष्ट्रिय समुदायले पनि चासोको साथ हेरेर नाम्लिङ्केके भन्न सहयोग पुराएका थिए भने कियाचु कतार दुव्ऱा आयोजीत "बलिहाङ तङनाम ५०७३"लाई प्रमुख अतिथी किरात राई यायोखाका सचिव एकराज राई ज्युले हामी जहाँ जस्तो अवस्थामा रहेपनी आफ्नो मौलिक संस्कार भुल्न नहुने र यस्को संरक्षण युगका नव युवालाई आईरहेको भन्दै शुभकामना दिनु भएको थियो। यसरीनै अथिती किरात सुनुवार सेवा समाजका उपाध्यक्ष किश्वर सुनुवार ज्युले हामी भाषा,संस्कृतीको धनी जनजातीहरु भएकोमा गर्व गर्नु पर्छ भन्दै हामी जनजातीहरु युगौ देखिको भेदभावमा रहेकोले त्यसबाट मुक्ति पाउने एक मात्रै बिकल्प राजनिती रहेको तर सुवाब नेम्बाङ, भिमबहादुर तामाङ,पृथ्वी सुब्बा गुरुङहरु जस्तै युज एण्ड थ्रो हुनु हुदैन तर मुक्तिको खातीर जनजातीको छोराले राजनिती गर्नुको बिकल्प नरहेको ठोकुवा गर्नु भयो। शुभकामना मन्तव्य कै क्रममा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद कतारका प्रबक्ता मिङ्सो सुहाङले सामाजीक संघर्ष गरिरहनु भएका कियाचुकतारलाई धन्यवाद दिदै लिम्बुवान सँग लिम्बुजातीको प्रतक्ष ईतिहाँस जोडीएकोले लिम्बुजातीनै अग्रसर हुनुपर्ने भन्दै लिम्बुवान लिम्बु जातीको स्वतन्त्र राज्य नभएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तरगतको संघीय राज्य भएकोले एतिहाँसिक पृष्ठभुमिको आधारमा स्वायत्ता सहितको लिम्बुवानको लागी सबै जात-जाती मिलेर बढिरहेको र अझै शसक्त भएर बढ्नु पर्ने भएकोले लिम्बुवान राजनितीको नजिक आउन सबैलाई आवहान गर्नु भएको थियो। यसरी नै देउसीलाई लिम्बुभाषामा मंगल सिङ केरुङ ज्युले भट्टाएर माझलाई रुझाउनु भएको थियो। कार्यक्रमको शुरुवावात प्रमुख अथिती एकराज राई ज्युले च्याब्रुङ बजाएर शुरु गर्नु भएको थियो भने कलाकार युवराज वेघाले दोस्रो चरणको च्याब्रुङ नित्यबाट देउसी शुरु भएको थियो।बलिहाङ तङनाम सँग जोडीएको किरात ईतिहासको बारेमा कियाचुकतारका दितिय उपाध्यक्ष नरेन्द्र एभेङले प्रष्ट्र पार्नु भएको थियो। कार्यक्रमको संचालन कियाचु कतारका सचिव राजेन्द्र साम्मेखामले गर्नु भएको थियो। लिम्बु भाषा(श्रिजङ्गा लिपी) ६ देखी १२ सम्मको पाठयक्रम निकाल्ने सन्धर्वमा दोहाका किरातीहरु चिन्तित। माहोलमा देउशीको रमझम राम्रै हुदा हुदै पनि एउटा उदाशिनता सबैमा झल्कन्थो आर्थीक अभावको कारण श्रिजङ्गा लिपी कक्षा ६ देखी १२ सम्मको पाठ्यक्रमलाई कसरी प्रकाशीत गर्ने ? यस्को लागी कियाचु कतारले कति सम्म भुमिका निर्वाह गर्न सक्छौ कियाचुकतारका अध्यक्ष तुम्रोकले यो बिषयमा सबै संवेदनशिल भएर सबैले आ-आफ्नो ठाँउबाट यथा सक्दो सहयोग पुराईदिन उपस्तिथ लिम्बु गैर लिम्बु सबैमा अनुरोध गर्नु भएको थियो।
 |
| देउसी ( नामलिंग्गेक, लालिंग्गेक) खेल्दै गरेको एक झलक |
| देउसी ( नामलिंग्गेक, लालिंग्गेक) खेल्दै गरेको एक झलक |
No comments:
Post a Comment