Saturday, August 10, 2013

१९ औं आदिवासी दिवस मनाइदै
संविधानसभाबाटै पहिचानसहितको संघीयता मुख्य माग

काठमाडौ, श्रावण २५ - १९ औं विश्व आदिवासी दिवस नेपाली आदिवासी जनजातिहरुले राजधानीको टुडिंखेलमा मनाई रहेका छन् । 
महासंघका अध्यक्ष तथा विश्व आदिवासी दिवस मूल समारोह-२०७० का संयोजक नगेन्द्र कुमालले पहिचानसहितको संघीय संविधान सुनिश्चित नभएसम्म आदिवासी आन्दोलन अभियानकै रुपमा जारी रहेको बताए । त्यसैगरी नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकारले संविधानसभाबाट पहिचानसहितको संघीय संविधान स्थापित नभएसम्म सडक आन्दोलन नछाड्ने बताए । 'सरकार र आदिवासी जनजाति महासंघबीच भएको सम्झौताको कार्यान्वयन हुनुपर्छ,' उनले भने, 'अब हुने दोस्रो संविधानसभामा ६० प्रतिशत समानुपातिक सिट नभए निर्वाचन स्वीकार्दैनौं ।'
त्यस अवसरमा महासंघमा आवद्ध सूचिकृत आदिवासी जनजातिका जातीय संगठनहरु, भगिनी संगठनहरुले परम्परागत पहिरन, बाजागाजा, नाच तथा झाँकी प्रदर्शन गरेका थिए । रानीपोखरीस्थित शान्तिबाटिकाबाट सुरु भएको झाँकी तथा र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै टुँडिखेल समारोहमा परिणत भएको थियो । टुंडिखेलमा आयोजित समारोहको उद्‌घाटनसँगै विभिन्न जातिले परम्परागत नृत्य प्रस्तुत गरको थिए । त्यसैगरी खानपान प्रदर्शन तथा बिक्रीवितरण गरिएको थियो ।

No comments:

Post a Comment