सम्बाददाता>दोहा, ११ अगष्ट - "समानता
कार्यन्यन गर्दै आदिवासी जनजाती अधिकार लागु गर। आदिवासी जनजातीको अडान,पहिचान सहीतको संघीय
संबिधान" भन्ने मुलनाराको साथ नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारले
२०औं विश्व आदिवासी दिवस कतारको राजधानी दोहा स्तिथ होलिडे भिल्लामा गत ८ अगष्ट
शुक्रवारको दिन भव्यताको साथ मनाएको छ| "प्रथम मातृभाषा कविता
प्रतियोगिता" पनि रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि कतारको लागी नेपाली
दुतुवासका कार्यवहाक राजदुत गणेश ढकाल रहनु भएको थियो। यसै गरि विशिष्ट अथितीमा
कतारका कम्युनिटी पोलीसिङ डिपार्टमेन्ट मिनिस्ट्री अफ इन्टरिअर का मज हमाद मोहम्मद
अल-मुहान्नादी,ट्राफिक
डिपार्टमेन्ट मिनिस्ट्री अफ इन्टेरियरका एलटि रियाध, अहमद मस्खारानी, समीर, पुब्लिक रेलेशन डिपार्टमेन्ट
इन्टेरिअरका निहास अब्दुल मजीत, Center
for Cultural Competence in Health-Care Weill Cornell Medical Collegeकी डाइरेक्टर महा एस एल-नाशर साथै The
Center For Cultural Competence In Health-care का प्रतिनिधि हुँदा ए-अम्देराहीमको उपस्थिति रहेका थियो|यसै गरि कतार स्थिति७० भन्दा बढी मातृ संस्था, जिल्ला सस्था, बैचारिक संगठनका प्रतिनिधिहरु अथिति रहेका थिए !
नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको
अध्यक्ष बिनेश तामाङ सभापति रहनु भएको २० औं विश्व आदिवासी जनजाती दिवस राष्ट्र
गानबाट शुरू भएको थियो। प्रमुख अतिथि गणेश ढकाल र बिशेष अतिथिहरू दुव्र्रा ब्यानर
अनावरण गर्दै दीप प्रज्वल गरी सुचारू गरिएको उक्त कार्यक्रममा "प्रथम
मातृभाषा कविता प्रतियोगिता"को लागी निर्णायक मण्डल अन्तराष्ट्रीय साहित्य
समाज,कतार
च्याप्टरका अध्यक्ष तथा "रेगिस्थानी कवि" तीर्थ संगम राई, बरिष्ट साहित्यकार हेमन्त
परदेशी र गजलकार भानु सुनुवार गरी तिन जना हुनुहुन्थ्यो।
●भव्य
कविता प्रतियोगिता :- पहिलो चरण २५ जूलाईमा दोहाको टपफर्म रेस्टुरेन्ट बाट छनोट
भएका ७ मातृसंस्था किरात याक्थुम चुम्लुङबाट ३, किरात राई यायोक्खाबाट ३, तमु सेवा समाजबाट ३,तामाङ सेवा समाजबाट ३, नेपाल प्रवासी मगर संघबाट ३, थारु कल्याणकारी सेवा समाजबाट २
र सुनुवार सेवा समाजबाट २ गरि १९ कवि/कवियात्रिहरु फिनाले राउण्डको छनोटमा परेका
थिए। कविता प्रस्तुति दिनेक्रममा मातृ पोशाक अनिवार्य गराईएको थियो। कविता पहिलो
मातृभाषा र दोस्रो खस( हालको राष्ट्रिय) भाषामा बाचन गर्नु पर्ने व्यवस्था रहेको
थियो। १९ कवितामा १० कवितालाई निर्णायक मण्डल र नेपाल प्रवासी आदिवासी जनजाती
महासंघ कतारले पुरस्कृत गरेको थियो। जसमध्ये प्रथम- मिङ्सो
सुहाङ"लिम्बु" दोस्रो- विक्रम चेतनशील राई तेस्रो- पूर्ण कान्छा गुरुङ
चौंथो- राजु मुखिया सुनुवार पाचौ- प्रबिण राई छैटौं- मंगल सिं लिम्बु( Samir
Kerung) सातौं-
चन्द्रशेर राई आठौं- बिष्णु माया सुनुवार नवौं- डिएन मगर दसौं- पिङ्की मगर
पुरष्कृत भएका थिए। १९ नै कविताले बिशेष अब बन्ने संबिधानमा जातीय पहिचान खुलेर
सबैको नेपाल भएको अपनत्व खुल्ने गरि नयाँ नेपाल बन्नू पर्नेमा संकेत गर्दै
कार्यक्रमलाई मन्त्रमुक्त पारेको थिए। पुरष्कृत कविहरुलाई एन आर एन अध्यक्ष मक्शुत
आलम, सल्लाकार
अमृत गुरुङ, महासंघ
अध्यक्ष बिनेश तामाङले कविताहरुको प्रसंसा गर्दै प्रमाण पत्र र पुरस्कार हस्तान्तर्ण
गर्नु भएको थियो। यसरी नै कार्यक्रमा उपस्तिथ प्रमुख अतिथि गणेश प्रसाद ढकालले अब
बन्ने संबिधानमा आदिवासी जनजातीको मौलिक अधिकार र पहिचान संरक्षण गर्ने व्यवस्था
हुनुपर्ने बताएका थीए। सम्पूर्ण सामजिक संस्थाको प्रतिनिधित्व गर्दै कमलमणि
गुरागाईले अब बन्ने नयाँ संबिधानमा आदिवासी जनजाती,दलित,महिला प्रति राज्य उत्तरदायी
हुनुपर्ने भन्दै युएन जस्ता संस्थाबाट आएको सुविधाहरुलाई उपभोग गर्दै जान सुझाब
दिएका थिए। नेपाल प्रवासी महिला समाज कतारकी अध्यक्ष रेखा राईले जनाजातिको
पहिचानले राष्ट्रमा सदभाब नखल-बलिने भन्दै कांग्रेस एमालेमा रहेर पहिचानको बिरोध
गर्ने आदिवासी जनजातीहरुलाई यसरी व्याङ्ग गरिन :- तासको जोकर नबन्नुहोस आफ्नो
समुदाय प्रति उत्तरदायित्य बोध गर्नुहोस। तासमा तपाईको हैसियत गुल्लु,
मिस्सी,
बास्सा र
एक्का नै रहे पनी त्यो तपाईको लागी होईन। तपाईलाइ प्रयोग गरेर अरुलेनै त्यसको फाइदा
लिनेछन। आफ्नो स्वार्थ होईन समुदाय र राष्ट्रको स्वार्थ हेर्नुहोस।" यसरिनै
बिभिन्न मातृसंस्थाको समग्र प्रतिनिधि गर्दै एन आर एन पूर्व अध्यक्ष तथा नेपाल
प्रवासी आ.ज. महासंघ कतारका सल्लाकार अमृत गुरुङले अब बन्ने संबिधान र राज्य
संरचनाको सवालमा संयुक्त राष्ट्रसंघले गरेको घोषाणा पत्र र आईएल ओ १६९ लाई राज्यले
स्विकार्नु पर्नेमा जोड दिनु भयो। यसरिनै बैचारिक संस्था संघीय लिम्बुवान पार्टी,नेपाल प्रवास कतारका प्रबक्ता मिङ्सो
सुहाङले राज्य संरचनाको सवालमा आदिवासी जनजाती संयुक्त संघर्ष समिती र राजनीतक
दलहरु सँग राज्यले गरेको प्रतिबद्धता र आन्तरिम संबिधान २०६३ (७"क")लाई
आधार मानेर राज्य संरचना हुनुपर्नेमा जोड दिए। उनले माधब कुमार नेपालको जात बाट
नेपालको नाम नबनेर नेपाल बने पछि माधव कुमारको पुर्खाले नेपाल थर राखे जस्तै
।लिम्बु भएर लिम्बुवान होईन लिम्बुवान भएर लिम्बु भएको र अब एतिहासिक लिम्बुवान,खाम्बुवान नाम मा पनि नेपालीले
गर्व गर्न पाउनु पर्ने जीकर गरे। बैचारिक संगठनकै प्रतिनिधित्व गर्दै एमाले कतारका
उपाध्यक्ष चनक पोखरेलले आदिवासी जनाजातिको अधिकारको कुरा एमालेले ०४६ पछिनै देखि
उठाउदै आएकोले एमाले आदिवासी जनजातीलाई अधिकार दिलाउन प्रतिबद्ध रहेको बताए
यासरिनै नेपाली जनसंपर्क समीतीका प्रतिनिधि राजेश दर्शन अर्यालले हालको लागी ठुलो दल भएको नाताले पनि
आदिवासी जनजातीको पहिचान र सामर्य्थलाई नेपाली कांग्रेसले जिम्मेवार रुपमा लिने
बताए।
बिशिष्ठ
पहुनाको रुपमा निमन्त्रणा गरिएका कतारका कम्युनिटी पोलीसिङ डिपार्टमेन्ट मिनिस्ट्री अफ इन्टरिअर का मज हमाद मोहम्मद अल-मुहान्नदी
ले कतारमा रहेका नेपालीहरुको इमान्दारिता, लगनशिलताको तारिफ गर्दै कतारको हकमा धेरै
जसो ट्राफिक दुर्घटनामा नेपालीहरु पर्ने र
यसलाई न्युनिकरण गर्न कतार स्थिति नेपाली सामाजिक संघ संघसस्था संग हातेमालो गर्दै
जनचेतनामुलक अभियानहरु अघि सार्न तयार रहेको| र बिशेष गरि नेपालीहरु बैदेशिक
रोजगारीको शिलशिलामा बाहिर मुलुक जानु पर्व, त्यस मुलुकको बारेमा आधारभूत शिक्षा
लिएर जाने गरे यस्ता घटनाहरु अलिक कम्ति हुने निश्चित छ| अहिले सम्मका घटनाहरु ट्राफिक
नियम सम्बधि ज्ञानको अभावको कारणनै भएको उहाको दाबि थियो | मज हमाद थप्नु हुन्छ>
कतारमा कार्यरत नेपालीहरुले भाषिक समस्याका कारण विभिन्न समस्याहरु भोग्नु परेको
प्रति दु:ख ब्यात्त गर्दै | भाषिक समस्यामा परि परेका नेपालीहरुलाई आवस्यक सर सल्लाह सहयोग गर्न सम्बन्धित निकायहरु तयार रहेको र त्यस्ता कुनै समस्याहरु भए अफ्ठ्यारो नमानी हामि कहा आउनु होस| तपाइहरुलाई आवस्यक सहयोग गर्न तयार छौ भन्दै| प्रवासी नेपाली हरुलाई ट्राफिक नियम लगायत विभिन्न बिषयमा चेतनामुलक कार्यक्रम गर्ने सुनौलो
अवशर प्रदान गर्नु हुने महासंघ प्रति आभार ब्यात्त गर्दै उत्त जनचेतनामुलक कार्यक्रममा सहभागी सम्पूर्ण नेपालीहरु धन्यवाद दिए !
यसै
गरि पब्लिक रिलेशन डिपार्टमेन्ट इन्टेरिअरका निहास अब्दुल मजीत ले
प्रोजेक्टर द्वारा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक तालिम दिएका थिए. र कतारमा कार्यरत सम्पूर्ण नेपाली गैर नेपालीहरुले यहाको सामाजिक, सस्कार
, सस्कृति को सबैले सम्मान गरौ| विशेष गरेर दिदि-बहिनि हरुले बाहिर घुमफिर गर्दा| शरिरीर
ढाक्ने पोशाक लगाएर हिड्न अनुरोध गर्नु भयो| उहाले थप्नु हुन्छ> यसको मलब
यहाका महिलाहरु जस्तै भुर्खा ओढेर हिड्नु पर्छ भन्ने होइन| अर्धनग्न पोशाकहरु नलगाउन
अनुरोध गरिएको हो| र सेन्सेटिभ क्षेत्रतिर जताभावी फोटो खिच्ने, नियमको उन्लघन गर्ने
हरुलाई कानुनले माफि नगर्ने उहाको बताउनु भयो| यसै गरि Cultural
Competence in Health-Care Weill Cornell Medical Collegeकी डाइरेक्टर महा एस एल-नाशर ले
प्रवासीहरुको हकमा भाषिक समस्या, प्रमुख समस्या रहेको र उत्त समस्या समाधानको लागि
आफुले धेरै अगाडी देखिनै कदमहरु चाल्दै आइरहेकी र आगामी दिनमा अझ उपयुक्त्तउपयाहरु
अपनाउदै जाने प्रतिबत्ता जनायिन!
कार्यक्रम
बिभिन्न १२ मात्रिसंस्थाको सांस्कृतिक झाकिहरू सहितको प्रस्तुतिले रंगिएको थियो।
सांकृतिक झाकीमा मगरहरुको हुर्रा,रोदि, किरात
राईहरुको सकेला,किरात
सुनुवारको कोईच नाच,तामाङ्हरुको
सेलो, नेवारहरुको
नेवा:पुच,लिम्बुहरुको
केलाङ र गुरुङ्,भुजेल,थारुहरुको आ-आफ्नै सांस्कृतिक
झाँकीहरु प्रस्तुत भएको थियो। २० औं विश्व आदिवासी दिवसको अवशर परेर गरिएको
कार्यक्रमबाट प्रभावित भई नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा माझी समाज
पनि जोडिन आएको छ। अगष्ट ८ देखिनै महासंघमा १३ मातृसंस्था भएको घोषणा गर्दै माझी
समाजलाई महासचिब देबराज राईले स्वागत गर्नुभयो। कार्यक्रमको औपचारिक रुपमा समापन
गर्दै महासंघका अध्यक्ष तथा कार्यक्रमका सभापति बिनेश तमाङले कार्यक्रम सफल बनाउन
प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुराउने सबै संसस्था र उपस्तिथ माझलाई धन्यवाद दिनु
भएको थियो।भने कार्यक्रमको शुरू देखि अन्त्य सम्म नै महासचिब देबराज
राई"मुपुचा"ले सञ्चालन गर्नु भएको थियो।
सुधारिएको<नेपाली जनसम्पर्क समीतिका राजेश दर्शन अर्याल हुनु पर्ने रकम ध्वोज राइ भएकोमा सुधारिएको छ!
सुधारिएको<नेपाली जनसम्पर्क समीतिका राजेश दर्शन अर्याल हुनु पर्ने रकम ध्वोज राइ भएकोमा सुधारिएको छ!




No comments:
Post a Comment