- यमन बिरुद्द नेपाल २ गोलले पराजित |
- खेलबारे समाचार संकलन गर्न दोहा अन्तराष्ट्रिय बिमान स्थल पुगेका पत्रकारमाथि अभद्र ब्याबहार|
<पूर्ण सुहांग>दोहा,२६ मार्च- दोहाको अल-हिलाल स्थिति अल-अरबिया स्पोर्ट क्लबको प्रांगणमा नेपाल तथा यमन बिचको फिफा क्यालेन्डर मान्यता प्राप्त मैत्री खेल सम्पन्न भएको छ । दोहाको अल अरबी स्पोर्ट्स क्लव बीच सम्पन्न सो खेलमा पहिलो चरणको खेलमा नेपाल र यमन बराबरीमा रहे पनि दोश्रो चरणको खेलमा यमनबिरुद्ध नेपाल २ गोलले पराजित भएको छ ।
नेपाल फुट्बल खेलाडिको पराजय सँगै उक्त फुटबल खेलाडीसँग जोडीएको अर्को दु:खद प्रसंग भने लम्बिएर जादैछ। नेपाली राष्ट्रिय खेलाडी टिमलाई स्वागत गर्न र खेलबारे समाचार संकलन गर्न दोहा अन्तराष्ट्रिय बिमान स्थल पुगेका पत्रकार महासंघका अध्यक्ष रबी भट्ट रोषीले आफ़ूमाथि गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलम द्वारा अभद्र ब्यबहार भएको भन्दै फेसबुक मार्फत प्रेस बिज्ञाप्ती जारी गरी आपती जनाएका छन।पत्रकार रबी रोषीले आफ्नो फेसबुक वाल मार्फत " समाचारको बिषय प्रसंग ल्याएर तलाइ समाचार लेख्न र पत्रकार बनेर हिड्ने कतारमा कसले अधिकार दियो ? भन्दै मेरो क्यामेरा म बाट खोसेर आलमले आफूमाथि अशोभनीय दुर्व्यहार प्रदर्शन गरी आफु आवद्द सस्थाको नै खिल्ली उडाउनु भएको छ ! गैर आवासीय नेपाली संघ कतारको अध्यक्षको यो गलत ब्यबहार प्रति मेरो ठुलो आपत्ति रहेको छ!"भन्दै रोषीले आपति जनाउनु भएको छ। रोषीले अघिल्लो समाचार लेख्दा त्रुटी भएको भन्दै आलमले आफुमाथी सार्वजनिक स्थलमा हातपात गरेको आरोप लगाउदै समाचार लेखनमा कम्जोरी भएको पुष्टी गर्न आलामलाई चुनौती दिनुभएको छ। रोशी लेख्नुहुन्छ " मेरो समाचार लेखनीमा कुनै कमि कमजोरी भएको रहेछ भने त्यो गलत सावित गर्न अध्यक्ष महोदयलाई चुनौती दिन चाहन्छु।" पत्रकार रोषीले समाचार संप्रेषण गलत भए सजाय भोग्न तयार रहेको जानकारी गराउदै,गलत साबित नभए म माथि भएको अभद्र व्यबारलाई के गर्ने ? भनी कतारमा रहेका संसस्थालाई प्रश्न गर्नु भएको छ। रोषीले " पत्रकार महासंघको अध्यक्ष तथा एन आर एन को स्थापनाकाल देखि प्रतक्ष्य रुपमा सहभागीता हुदै एन आर एन ए आइ सी सी को मिडिया टास्क फोर्स मेम्बर को कार्यभार पनि पुरा गरेको मलाइ यो बारेमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय स्थर सम्म बहसको रुपमा लैजानु मेरो दायित्व पनि हो !" गरि आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्यनव्य समितिमा उजुरी गर्ने संकेत गर्नु भएको छ। भने यस्तो दादागिरी प्रबृदी अन्य पनि घट्न सक्छ। त्यस बाट अरुलाई बचाउन कानुनी प्रकृया चाल्ने पत्रकार रोषीले चेतावनी दिनु भएको छ। के भन्छन त गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष 'मक्सुद अलाम '?
पत्रकार रोषीले भिबिन्न लाच्छना लगाए पनि आलमले त्यसलाई "निराधार" भनि दिएका छन। सत्य हो मेरो हातमा उहा(रोषी)को क्यामारा थियो। त्यो मैले उदाहरण दिन लिएको हुँ। यहा बाह्य देशको नागरिकको हकमा पत्रकारिता मात्र होइन, आफू स्वयम आवद्ध सस्था पनि कतारको कानुनमा बर्जित छ,'इलिगल'हो। क्यामरा हातमा लिएर मैले तिनै कुरा गरेको हुँ। बाँकी लछार पछार,पुलिश तिर तानेको कुरा गलत हो। त्यहा म र रोषी मात्र गएका थिएनौ | खेलाडीहरुलाई स्वागत गर्न कतारमा रहेका नेपाली संघ सस्थाका जिम्मेवार व्याक्तित्वहरु पनि थिए र म आँफै पनि एक जिम्मेवार ब्यात्ती भएको हुनाले सार्वजनिक ठाउमा उहा(रबी रोषी]) जस्तो व्याक्तिलाई लछर्,पछार गर्ने सोच्नै नसक्ने बिषय हो। त्यो हास्यपद आक्षेप हो, भनि अध्यक्ष अलामले टेलिफोन मार्फत तहल्कालाई बताउनु भयो । >>अलाम थप्नु हुन्छ"होइन खेलाडीहरुलाई स्वागत गरि बेलुका संगै छुटेको,बिहान ९ बजे तिर रबी जि को स्टाटस पढ्दा त म छागाबाट खसे" उहा सँग मेरो कुनै पुर्वाग्रह छैन। उहा संगको फोन सम्पर्क पच्छी हाम्रो सबै कुरा मिल्छ भन्नु भयो।
अध्यक्ष अलामले फोन सम्पर्क पच्छी सबै कुरा मिल्ने आशा गरेपनी गैर आवासीय नेपाली संघ चुप रहदा त्यस्को फाईदा कोही उठाउन खोज्छन भने आफु पनि प्रकृयागत रुपमा अघिबढ्न वाध्य हुने बताउनु भयो|
No comments:
Post a Comment